जेनजी आन्दोलनका नाममा झापा गाउँपालिकामा भएको क्षतिको विवरण सार्वजनिक

दमक, २७ भदौ। जेनजी आन्दोलनका नाममा झापा गाउँपालिकामा तोडफोड , आगजनी र लुटपाटबाट भएको क्षतिको विवरण सार्वजनिक गरिएको छ ।

 

झापा गाउँपालिकाले संकलन गरी क्षतिको विवरण सार्वजनिक गरेको छ । झापा गाउँपालिका, गाउँपालिका अन्तर्गतका ७ वटै वडा कार्यालयका भवनमा जेनजी आन्दोलनकारीले आगजनीगरेका थिए ।

 

दुई वटा गाडी, ३० थान ल्यापटप, करिब ५५ वटा साना ठुला प्रिन्टर (नयाँ र पुराना), कार्यालय टेबल करिब ७० वटा , स्क्यानर ८ थान, तीनवटा सरकारी बाइक, माइक सेट ४, टेबल कुर्सी फर्निचर, स्टिल दराज, स्टिल र्याक दराज, कार्यालयमा भएका सम्पूर्ण कागजात, लेखाका सम्पूर्ण कागजात, प्राबिधिक शाखाका सम्पूर्ण कागजातलगायत सबै शाखाका सम्पूर्ण कागजात, विभिन्न गाउँ कार्यपालिका, गाउँ सभाका र समितिका निर्णय, सम्पूर्ण इन्भर्टर, १ थान सि आर मेशिन, सम्पूर्ण सीसी क्यामरा, सम्पूर्ण इन्टरनेट राउटर, सम्पूर्ण बायोमेट्रीक डिभाइस, २० सेट आइपी फोन, डिजिटल क्यामरा दुई सेट, करिब माघसम्मका लागि पुग्ने निशुल्क औषधि सम्पूर्ण, ट्याब्लेट ८ थान, बिद्यालयका लागि खरिद गरिएका १५९५० प्याकेट स्यानिटरी प्याड, आर्थिक वर्ष २०८२÷८३ को बजेट किताब २५० थान, रिभल्भिङ चेयर करिब ६० ( नयाँ र पुराना) प्लास्टिक कुर्सी करिब ३०० वटा, टीभी २ सेट, लोबेडसहित सिरक डस्ना २ सेट, सोफा सेट २५०, एम्प्लिफायर दुई थान, साउन्ड बक्स दुई, कार्पेट सम्पूर्णमा क्षति, भूमिहीन सुकुम्बासीलगायत नाप नक्सा वर्गीकरण लगायतका सम्पूर्ण फाइल तथा कागजात,कृषि, महिला विकास, अपांगता, शिक्षा, प्रशासन, स्वास्थ्य, रोजगार, वडाका सम्पूर्ण कागजात नष्ट भएको पाइएको छ ।

 

आर्थिक सहायता बाँड्न लिइएको र राजस्व रकम १ लाख ५० हजार लुटिएको छ । सिलिङ फेन १२० भन्दा बढी,स्टेण्ड फेन १८÷२० वटा, जग्गाधनी पुर्जा, ब्लु बुक सात वटै वडाका जिन्सी सामग्री, प्रशासनिक कागजात, निर्णय सामग्रीहरु, वडासहित पालिकाको वाइरिङ लगायत जिन्सी सामग्रीहरुमा क्षति पुगेको जानकारी पाइएको छ । ती सामग्रीहरुमा आगजनी र लुटपाट भएको गाउँपालिका कार्यालयले बताएको छ । वडा कार्यालयको विवरण अझै आउन बाँकी रहेको छ । लुटिएका केही सामानहरु फिर्ता आएको बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका