जेनजी आन्दोलनका नाममा झापा गाउँपालिकामा भएको क्षतिको विवरण सार्वजनिक

दमक, २७ भदौ। जेनजी आन्दोलनका नाममा झापा गाउँपालिकामा तोडफोड , आगजनी र लुटपाटबाट भएको क्षतिको विवरण सार्वजनिक गरिएको छ ।

 

झापा गाउँपालिकाले संकलन गरी क्षतिको विवरण सार्वजनिक गरेको छ । झापा गाउँपालिका, गाउँपालिका अन्तर्गतका ७ वटै वडा कार्यालयका भवनमा जेनजी आन्दोलनकारीले आगजनीगरेका थिए ।

 

दुई वटा गाडी, ३० थान ल्यापटप, करिब ५५ वटा साना ठुला प्रिन्टर (नयाँ र पुराना), कार्यालय टेबल करिब ७० वटा , स्क्यानर ८ थान, तीनवटा सरकारी बाइक, माइक सेट ४, टेबल कुर्सी फर्निचर, स्टिल दराज, स्टिल र्याक दराज, कार्यालयमा भएका सम्पूर्ण कागजात, लेखाका सम्पूर्ण कागजात, प्राबिधिक शाखाका सम्पूर्ण कागजातलगायत सबै शाखाका सम्पूर्ण कागजात, विभिन्न गाउँ कार्यपालिका, गाउँ सभाका र समितिका निर्णय, सम्पूर्ण इन्भर्टर, १ थान सि आर मेशिन, सम्पूर्ण सीसी क्यामरा, सम्पूर्ण इन्टरनेट राउटर, सम्पूर्ण बायोमेट्रीक डिभाइस, २० सेट आइपी फोन, डिजिटल क्यामरा दुई सेट, करिब माघसम्मका लागि पुग्ने निशुल्क औषधि सम्पूर्ण, ट्याब्लेट ८ थान, बिद्यालयका लागि खरिद गरिएका १५९५० प्याकेट स्यानिटरी प्याड, आर्थिक वर्ष २०८२÷८३ को बजेट किताब २५० थान, रिभल्भिङ चेयर करिब ६० ( नयाँ र पुराना) प्लास्टिक कुर्सी करिब ३०० वटा, टीभी २ सेट, लोबेडसहित सिरक डस्ना २ सेट, सोफा सेट २५०, एम्प्लिफायर दुई थान, साउन्ड बक्स दुई, कार्पेट सम्पूर्णमा क्षति, भूमिहीन सुकुम्बासीलगायत नाप नक्सा वर्गीकरण लगायतका सम्पूर्ण फाइल तथा कागजात,कृषि, महिला विकास, अपांगता, शिक्षा, प्रशासन, स्वास्थ्य, रोजगार, वडाका सम्पूर्ण कागजात नष्ट भएको पाइएको छ ।

 

आर्थिक सहायता बाँड्न लिइएको र राजस्व रकम १ लाख ५० हजार लुटिएको छ । सिलिङ फेन १२० भन्दा बढी,स्टेण्ड फेन १८÷२० वटा, जग्गाधनी पुर्जा, ब्लु बुक सात वटै वडाका जिन्सी सामग्री, प्रशासनिक कागजात, निर्णय सामग्रीहरु, वडासहित पालिकाको वाइरिङ लगायत जिन्सी सामग्रीहरुमा क्षति पुगेको जानकारी पाइएको छ । ती सामग्रीहरुमा आगजनी र लुटपाट भएको गाउँपालिका कार्यालयले बताएको छ । वडा कार्यालयको विवरण अझै आउन बाँकी रहेको छ । लुटिएका केही सामानहरु फिर्ता आएको बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले