विश्वकप छनोटमा नेपाल ३९ रनले पराजित

 

 

 

काठमाण्डाै – आईसीसी टी २० विश्वकपको ग्लोबल छनोटको पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएकाे छ । आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत पहिलो खेलमा ओमानलाई ३९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ ।

अल अमिरात क्रिकेट मैदानमा नेपालले दिएको ११८ रनको सामान्य लक्ष्य पछ्याएको ओमान निर्धारित १७ ओभरमा सबै विकेट गुमाएर ७८ रनमा समेटियो । ओमानका नासिम खुशीले १८ बलमा एक चौका र दुई छक्कासहित २४ रनबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपाललाई जिताउन कमल सिंह ऐरी, जितेन्द्र मुखिया, कप्तान सन्दीप लामिछानेले २–२ विकेट लिए । अभिनाश बोहरा र दिपेन्द्र सिंह ऐरीले १–१ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए । उनले ३७ बलमा २ चौका प्रहार गरे । यस्तै कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाए । नेपालका पाँच खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । बलिङमा खवर अलीले तीन, बिलाल खानले दुई तथा फय्याज बट र जिशान मकसूदले एकरएक विकेट लिए । प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत