घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

काठमान्डौ ,१० भदौ । बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार

रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीमा परी घाइते भएका २५ जनाको काठमाडौंस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार चार जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उहाँका अनुसार ट्रमा सेन्टरमा नुवाकोट विदुर नगरपालिका–५ का भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछानेको उपचार भइरहेको छ ।

त्यसैगरी वीरेन्द्र सैनिक अस्पताल छाउनीमा रसुवा गोसाइँकुण्डका दावा डोल्माको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा नुवाकोट विदुर नपा–३ का तेजबहादुर तामाङ, रसुवा गोसाइँकुण्ड–५ का पेम्वा तामाङ, ठेगाना नखुलेका कुशल मगर, कार्की थपका एक पुरुष, नाम थर बताउन नसक्ने एक पुरुष, सिन्धुपालचोकका मीनबहादुर श्रेष्ठ, सल्यानका गिरीलाल बुढाथोकी, सिन्धुपाल्चोक बाह्रबिसे–५ का रुपक रोका, सुजन बस्नेत, अशोक श्रेष्ठ र सुशान्त श्रेष्ठ, जाजरकोटका बलबहादुर घर्ती मगरको उपचार भइरहेको छ । साथै गोरखा टिमुरे गोसाइकुण्ड– ७ का कामु नगरकोटीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । नगरकोटीको साथमा तीन महिनाको नाबालक शिशु समेत साथमा रहेको जनाइएको छ ।

प्रहरीका अनुसार टिमुरे गोसाइकुण्ड–७ का प्रेमदोर्जे घले, नेमा दोर्जे घले, फुर्प लामा ९ठेगाना नखुलेको०, बर्दिया जीतपुरका रामप्रसाद थारु, रसुवा बेत्रावती गाउँपालिका–५ का सुराची राना मगर र भक्तपुर चांगुनारायण नगरपालिका–१ का रिता दोचाको पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवाको बाढीमा ७९ जना सुरक्षाकर्मी सहित ४७७ जना सम्पर्कविहीन

काठमान्डौ १० भदौ । रसुवामा बुधबार बिहान अचानक बाढी आएपछि त्यस क्षेत्रमा ४७७ जना सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा ७९ जना सुरक्षाकर्मी, १४ जना

होस्टेल र त्रिशूलीवारिका विद्यार्थी सुरक्षित, केही सम्पर्कविहीन भएको आशङ्का

काठमाडौँ,१० भदौ । त्रिशूली बजारमा अवस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले त्रिसुलीवारिका सबै विद्यार्थीहरू सुरक्षित रहेको बताउनु भएको छ् । यस विद्यालयमा कुल

रसुवा र नुवाकोटमा १४ जलविद्युत् आयोजना क्षतिग्रस्त

काठमाडौँ , १० भदौ। चीनतर्फबाट आएको आकस्मिक बाढीका कारण रसुवा र नुवाकोटमा विद्युत् उत्पादन तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको

सम्भव भएसम्मको सहायता उपलब्ध गराउन तयार छौ : मोदी

काठमान्डौ,१० ,भदौ । रसुवामा आएको बाढीले पुर्‍याएको क्षतिप्रति भारतीय समकक्षी नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै नेपालका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहसँग टेलिफोन संवाद गर्नु भएको छ।

ग्यिरोङ नाकाको सडक, बिजुली र सञ्चार ठप्प

काठमाडौँ , १० भदौ । रसुवाको भोटेकोशी हुँदै नेपाल प्रवेश गर्नुअघिको भीषण बाढीको असर चीनको तिब्बत क्षेत्रमा पनि परेको छ । चिनियाँ सञ्चारमाध्यम पिपुल्स डेलीका

नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त

काठमान्डौ,१० भदौ । नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति नेपालस्थित पाकिस्तानी दूतावासले गहिरो दुःख व्यक्त गर्दै नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ । दूतावासले कठिन यस