फरार भएका थुनुवालाई सम्बन्धित कारागार र प्रहरी कार्यालयहरुको सम्पर्कमा आउन आग्रह

काठमाण्डौ,२७ भदौ । जेनजीको प्रदर्शनका क्रममा देशभरका विभिन्न कारागार र प्रहरी कार्यालयबाट भागेका थुनुवामध्ये एक हजार पाँच सय ६७ जना पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेका अनुसार पक्राउ परेकाहरुलाई सम्बन्धित कारागार र थुनुवा कक्षमा राखिएको प्रहरीले जनाएको छ ।

 

नियन्त्रणमा लिइएकामा एक हजार पाँच सय ९ जना कैदीबन्दी र ५८ जना थुनुवा रहेका छन् । अझै १२ हजार पाँच सय ३३ जना कैदीबन्दी फरार रहेका पनि प्रवक्ता घिमिरेले बताउनुभयो । उहाँले सात सय ९५ जना थुनुवा पनि फरार रहेकाले खोजी भइरहेको बताउनुभयो ।

 

प्रहरी प्रधान कार्यालयले फरार भएकालाई सम्बन्धित कारागार र प्रहरी कार्यालयहरुको सम्पर्कमा आउन सार्वजनिक रूपमा अनुरोध गरि रहेको छ । कारागार व्यवस्थापान विभागले पनि देशभरका विभिन्न कारागार तथा बाल सुधारगृहबाट बाहिर निस्किएका बन्दीलाई तत्काल फर्किन आग्रह गरेको छ ।

 

विभागका निर्देशक चोमेन्द्र न्यौपानेले विज्ञप्तिमार्फत आफू बसेको कारागार वा बाल सुधारगृहमा फर्कन वा नजिकको प्रहरी कार्यालयको सम्पर्कमा आउन आग्रह गर्नुभएको छ । विज्ञप्तिमा यो सूचनालाई आधार मानेर नआउनेलाई कारागार ऐन, २०७९ र प्रचलित कानूनबमोजिम कारबाही हुने समेत उल्लेख गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले