बिर्तामोडमा ’जेन–जी’ प्रदर्शनका क्रममा ज्यान गुमाउने सङ्ख्या ३ पुग्यो

झापा,२७ भदौ । बिर्तामोडमा घाइते भएका अर्का प्रदर्शनकारीको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा ८ हात्तीकिल्लाका ३२ वर्षीय दिनेश राजवंशी रहेको प्रहरीले जनाएको छ ।

बीएण्डसी अस्पतालमा उपचाररत उनको शुक्रबार बिहान ११.३५ बजे मृत्यु भएको परिवारजनले बताएका छन् । प्रहरी र प्रदर्शनकारीबीचको झडपपश्चात् प्रदर्शनकारीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई कब्जा लिई आगजनी गर्ने क्रममा कार्यालयभित्र रहेको ग्यास सिलिन्डर बिष्फोट भई राजवंशी घाइते भएका थिए ।

उनको पेट लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । यसअघि जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोड अगाडि भएको झडपमा हिलिहाङ–२ पाँचथर घर भई बिर्तामोड १० मा बस्दै आएका अन्दाजी ३५ वर्षका कमल भण्डारी र अर्जुनधारा ८ निवासी २८ वर्षका गोपाल सेढाईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका