काठमाण्डौ,२७ भदौ । नेपाल प्रहरीले ‘जेन–जी’ प्रदर्शनका क्रममा भएको आगजनी तथा लुटपाटको तस्वीर÷भिडियो पठाउन आग्रह गरेको छ ।
प्रहरीले शुक्रबार सूचना मार्फत भदौ २३ र २४ काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा भएको प्रदर्शनका क्रममा भएको आगजनी, लुटपाट, अप्रिय घटना, आमसर्वसाधारणमा त्रास सिर्जना हुने घटनासँग सम्बन्धित तस्वीर÷भिडियो पठाउन सबैलाई आग्रह गरेको हो ।
घटनासँग सम्बन्धित तस्वीर÷भिडियो, सामाजिक सञ्जालका लिङ्क पठाउनेहरूको गोपनीयता कायम रहने प्रहरीले बताएको छ ।










