दमकमा प्रहरी फर्काउन स्थानीयले गरे पहल

दमकको प्रहरी कार्यालय पूःन निर्माण नागरिक स्तरबाट हुने

प्रहरी कार्यालयमा जतिसक्दो चाडो प्रहरी बस्ने गरीको वातावरण बनाउन सबै सरोकारवालाले प्रयास गरीरहिएको पनि बताइएको छ ।

दमक, २८ भदौ । दमक इलाका प्रहरी कार्यालय जलेर जलेर नष्ट भएको छ । जेन जीले गरेको प्रर्दशनका क्रममा सो कार्यालय जलेर अहिले प्रयोगमा आउन नसक्ने गरी जलेको छ ।

 

यसको भीत्री भागहरु जलेर खरानी भएका छन् । यहाँ रहेका कागजपत्र छैनन । यहाँ पार्किङ गरेर राखीएका र कार्वाहिकालागी ल्याएका कुनैपनि सवारी साधन सग्लो छैनन । यही क्रममा दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा चढ्दै आउनु भएको गाडीपनि यहीबाट जलेर नष्ट भयो ।

 

कैदीहरु बस्ने गृह जलेको छ । भीत्ताहरु जलेर मकीएका छन् । फु फु झरीरहेका छन् । कुनबेला कहाँबाट के झर्ने हो टुङ्गो छैन । बसेर काम टेवल कुर्सी सबै थोक जलेका छन् ।

 

 

यो प्रहरी कार्यालयको परिसरमा बनेका सबै भवनहरु दमक बासीहरुको चन्दा र सहयोगबाटनै बनेको हो । राज्य स्तरको पनि लगानी छ । तर यसकालागी आवश्यक पहल र समन्य गर्ने काम स्थानीय नगरबासीले गरेका हुन ।

 

हिजोपनि जनताकै सहयोगमा बनेका भवन फेरी दमकबासीकै सहयोगमा पूःन निर्माण गराउने अभियान थालीएको छ। दमक उद्योग वाणिज्य संघले यसको नेतृत्व गरेर यसको पूःन निर्माण गर्ने काम सुरु गरिने संघका अध्यक्ष गोपाल गुरागाईले जानकारी दिनुभयो

 

 

। दमक नगरपालिकाको प्राविधिक टिमले यहाँको क्षतीको अवस्था र पुःन निर्माण गर्न लाग्ने अनुमानीत लागत खर्च निकालेपछि त्यसपछि तुरुन्त्तै यसको पूःन निर्माणमा लागीने उहाँले जानकारी दिनुभयो ।

 

सोहि अवसरमा प्रदर्शनका क्रममा प्रहरीका पोषाक तथा हतियार लगेकाहरुले फिर्ता समेत गर्न आइरहेका थीए । हतियार तथा लगीएका सबै सामाग्री तुरुन्तै फिर्ता गर्न प्रहरीले अपील जारी गरेको छ । यस्तै प्रहरी कार्यालयमा जतिसक्दो चाडो प्रहरी बस्ने गरीको वातावरण बनाउन सबै सरोकारवालाले प्रयास गरीरहिएको पनि बताइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका

मौसम सफा नहुँदा विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय तर्फका दुवै उडानमा केही ढिला

काठमाण्डौ,११ कार्तिक। मौसम सफा नहुँदा हवाई उडान पनि प्रभावित भएको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही