दमकमा प्रहरी फर्काउन स्थानीयले गरे पहल

दमकको प्रहरी कार्यालय पूःन निर्माण नागरिक स्तरबाट हुने

प्रहरी कार्यालयमा जतिसक्दो चाडो प्रहरी बस्ने गरीको वातावरण बनाउन सबै सरोकारवालाले प्रयास गरीरहिएको पनि बताइएको छ ।

दमक, २८ भदौ । दमक इलाका प्रहरी कार्यालय जलेर जलेर नष्ट भएको छ । जेन जीले गरेको प्रर्दशनका क्रममा सो कार्यालय जलेर अहिले प्रयोगमा आउन नसक्ने गरी जलेको छ ।

 

यसको भीत्री भागहरु जलेर खरानी भएका छन् । यहाँ रहेका कागजपत्र छैनन । यहाँ पार्किङ गरेर राखीएका र कार्वाहिकालागी ल्याएका कुनैपनि सवारी साधन सग्लो छैनन । यही क्रममा दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा चढ्दै आउनु भएको गाडीपनि यहीबाट जलेर नष्ट भयो ।

 

कैदीहरु बस्ने गृह जलेको छ । भीत्ताहरु जलेर मकीएका छन् । फु फु झरीरहेका छन् । कुनबेला कहाँबाट के झर्ने हो टुङ्गो छैन । बसेर काम टेवल कुर्सी सबै थोक जलेका छन् ।

 

 

यो प्रहरी कार्यालयको परिसरमा बनेका सबै भवनहरु दमक बासीहरुको चन्दा र सहयोगबाटनै बनेको हो । राज्य स्तरको पनि लगानी छ । तर यसकालागी आवश्यक पहल र समन्य गर्ने काम स्थानीय नगरबासीले गरेका हुन ।

 

हिजोपनि जनताकै सहयोगमा बनेका भवन फेरी दमकबासीकै सहयोगमा पूःन निर्माण गराउने अभियान थालीएको छ। दमक उद्योग वाणिज्य संघले यसको नेतृत्व गरेर यसको पूःन निर्माण गर्ने काम सुरु गरिने संघका अध्यक्ष गोपाल गुरागाईले जानकारी दिनुभयो

 

 

। दमक नगरपालिकाको प्राविधिक टिमले यहाँको क्षतीको अवस्था र पुःन निर्माण गर्न लाग्ने अनुमानीत लागत खर्च निकालेपछि त्यसपछि तुरुन्त्तै यसको पूःन निर्माणमा लागीने उहाँले जानकारी दिनुभयो ।

 

सोहि अवसरमा प्रदर्शनका क्रममा प्रहरीका पोषाक तथा हतियार लगेकाहरुले फिर्ता समेत गर्न आइरहेका थीए । हतियार तथा लगीएका सबै सामाग्री तुरुन्तै फिर्ता गर्न प्रहरीले अपील जारी गरेको छ । यस्तै प्रहरी कार्यालयमा जतिसक्दो चाडो प्रहरी बस्ने गरीको वातावरण बनाउन सबै सरोकारवालाले प्रयास गरीरहिएको पनि बताइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

ताल फुट्ने जोखिम बढेपछि तिब्बतमा उद्धार अभियान स्थगित

काठमाडौं, १२ भदौ । पहिरोका कारण बनेको तालको जलस्तर बढ्दै गएपछि चीनले तिब्बतमा जारी उद्धार अभियान स्थगित गरेको छ। चिनियाँ सरकारी प्रसारक सीसीटीभीका अनुसार ताल

चीनतर्फ ताल फुटेको सूचना, सुरक्षित रहन रसुवाका सीडीओको आग्रह

१२ भदौ, काठमाडौं । चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम छेउमा बनेको ठूलो ताल फुटेको छ । चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी

झापामा बढ्दै जापानी इन्सेफलाइटिस, मेचीनगर बन्यो संक्रमणको ‘हटस्पट’

झापा, भदौ १२ । ६ जनाको मृत्यु भइसकेको झापामा जापानिज इन्सेफ्लाइटिस९जेई० को थप एकजना संक्रमित देखिएका छन् ।मेचीनगर ६ प्रगति टोलकी ६६ वर्षीया महिलामा बुधवार

बाढीपीडितको पीडामा झापा एकजुट, राहतका लागि धमाधम सहयोग जुट्दै

झापा , भदौ १२ । झापाबाट भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूलाई सहयोग पठाउने कार्य सुरु भएको छ । स्थानीय तह, सामाजिक संघ संस्था,

सरकारको निर्देशन : १३ भदौदेखि विश्वविद्यालयका सबै परीक्षा स्थगित

१२ भदौ, काठमाडौं । प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा

पोखरामा बाढीका १०२ शव : शवगृह भरिएपछि व्यवस्थापनमा समस्या

पोखरा,१२ भदौ। रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएका मध्ये १०२ वटा शव कास्की ल्याइएको छ।तनहुँ, नवलपुर, धादिङ र गोरखा लगायत विभिन्न जिल्लामा फेला परेका ती शवहरूलाई