दमक, २८ भदौ | भदौ २३ र २४ गते देशनै ध्वस्त हुने गरी जेन नी समुहको प्रदर्शन भयो । यो प्रदर्शन भ्रष्टचार रोक्न र देशलाई सहि दिशामा ल्याउन भनेर गरीएको थियो । दुई दिन चलेको यो आन्दोलनमा प्रदर्शनकारी र राज्य दुवैको तर्फबाट ५० हाराहारीमा मृत्यू भइसकेको विवरण सार्वजनिक भइरहेको छ । खर्वौको भौतीक क्षती भएको छ । अभिलेखहरु नगन्य ढंगबाट क्षती भए । यसको असर र प्रभाव कहिले सम्म पर्छ ।
यसले भविष्यमा यो कुन रुपमा चिनिन्छ भन्ने कुरा त्यो अर्को पाटो हो । यद्यपी जेन जी हरु भनीरहेका छन् , हाम्रो उद्धेस्य देशलाई सखाप पार्ने थीएन । केहि तोडफोड गर्ने थीएन । तर पहिलो दिन राज्यले गोली चलायो । त्यहि दिन १९ जनाको हत्या भयो । त्यसको प्रतिकारमा यूवाहरु जोशीए र जेन जी बाहेककाहरु पनि प्रदर्शनमा सहभागी भएपछि यसले बिधंशको रुप लियो ।
अव यो मुद्धा राजनैतिक बन्ला वा के होला ? सबैको मनमा यही कुरा खेलीरहेको छ । तर जेन जी दमक टिमका सकृय सदस्यहरु भने सार्वजनिक तथा भौतीक सम्पत्तीमा क्षती गर्नेहरुलाई अव बनेको अन्तरीम सरकारले कार्वाहि गर्नुपर्ने बताउँछन् । जेन जी दमकका सकृय सदस्य सुभम सिग्देलले दमक सहित देशभरीनै व्यक्तिगत तथा सार्वजनिक सम्पत्ती तोडफोड, लुटपाट तथा अगजनी गर्नेहरुलाई राज्यले कानुन अनुसार कार्वाहि गरोस भन्ने माग राख्नु हुन्छ ।
यस्तै अर्का सदस्य पर्वत बस्नेतका अनुसार जेन जीको आन्दोलनमा अन्य राजनैतिक दलका कार्यकर्ताहरु पसेर भीडलाई अनियन्त्रीत पार्ने र आक्रामक बनाउने काम भएको बताउनु हुन्छ । यसरी उद्धेस्य बेगर निश्चित समुहको स्वार्थ पुरा गर्न जेन जीको आन्दोलनलाई प्रयोग गरीएको बताउँदै बस्नेत भन्नु हुन्छ जेन जी समुह नेतृत्व र अभिभावक बिहिन थियो । अव शुशीला कार्की प्रधानमन्त्री हुनुभएपछि अभिभावक प्राप्त भएको र देशले न्याय पाउने समेत अपेक्षा राख्नु हुन्छ ।
जेनजी आन्दोलनकै कारण केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गर्नु भएको छ । साथै प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव पनि घोषणा गरिसक्नु भएको छ । जेन–जी आन्दोलनमा यो रिपोर्ट तयार पार्दा सम्म मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ भने अझै कैयौँ घाइते अस्पतालको बेडमा छन्। । खर्वौ मुल्य बराबरको भौतीक संरचना क्षती भएको विवरण पनि प्राप्त भएको छ ।









