समृद्धिका लागि सहकारी

मेची सहकारीको रजत वर्ष सुरु- २ दिने कार्यशाला गोष्ठिको सुभारम्भ- दिगो विकास र आत्मनिर्भरताका लागि सहकारी क्षेत्र बलियो हुनपर्नेमा जोड 

दमक/
नेपालको दिगो विकास र आत्मनिर्भरताका लागि सहकारी क्षेत्र बलियो हुन जरुरी रहेको विज्ञ एवम् सहकारी अगुवाहरुले बताएका छन् ।
दमक स्थित मेची सहकारी संस्थाले आफ्नो रजत जयन्तीको अवसर पारि आयोजना गरेको प्रदेश १ स्तरीय गोष्ठिमा विज्ञहरुले सो कुरा बताएका हुन् । उनीहरुले सरकारको तीन खम्बे आर्थिक नीतिमा सहकारी समेत रहेको स्मरण गर्दै राज्यका तीनै ओटा खम्ब बलियो भए मात्र अर्थतन्त्र पनि बलियो हुन सक्ने धारणा राखे ।

कार्यक्रममा नेपालमा विद्यमान सहकारी कानून र कार्यान्वयनका चुनौती विषयमा बागमती प्रदेश, सहकारी मन्त्रालयका सचिव बलराम निरौलाले कार्यपत्र पेश गर्नु भएको थियो । सहकारी महासंघका सञ्चालक शिवकुमार डाँगीको अध्यक्षतामा भएको सो शत्रमा सहकारी अगुवा रामचन्द्र उप्रेतीले कार्यपत्र माथि टिप्पणी गर्नु भएको थियो ।

निरौलाले प्रस्तुत गरेको कार्यपत्रमा सहकारी ऐन, नियम, मापदण्ड र विनियमका बारेमा अलीक बढि चचौ गरिएको थियो । सहकारी कानुनको आवश्यकता , सहकारी ऐन २०७४ का विशेषता , मुल्य मान्यता , सिद्धान्त र सहकारी चरित्रको अनुशरण लगायतमा बारेमा उहाँले निरौलाको प्रस्तुतीमा उल्लेख गरिएको थियो । सहकारी मापदण्ड २०७८ को ब्याख्या गर्दै निरौलाले अनुगनमा सुचकका र यी सबैको कार्यान्यावनमा चुनौतीका बारेमा चर्चा गर्नु गर्नुभएको थियो ।

कार्यपत्रमा टिप्पणी गर्दै सहकारी अगुवा उप्रतीले सहकारी ऐन निर्माणको प्रस्तावनामा ‘कृषक कालिगड, श्रमिक, न्यून आय समुह, सिमान्तकृत समुदाय र आम उपभोक्तालाई लक्षीत गर्दै सदस्य केन्द्रित व्यवसायीक संघ सस्थाको गठन गर्ने भनिएपनि सदस्यको व्यवसायले त्यति महत्व नपाएको टिप्पणी गर्नुभयो । सस्थाले सदस्य बनाउँदा सस्थाको कारोबारसँग प्रतिस्पर्धासँग नगरेको हुनुपर्ने भनी उल्लेख गरिएको नियममा सस्थाले गरेको व्यवसाय सदस्यले गरेको हुनुहुदैन भन्ने प्रावधान कत्तीको लागु हुन सक्ला भन्दै प्रश्न गर्नु भएको थियो । निरौलाको ६ पन्ने कार्यपत्रमा उप्रेतीले लिखितरुपमै ५ पन्नको टिप्पणी गर्नु भएको थियो भने सहभागीले पनि प्रश्न गरेका थीए ।

यस्तै राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रकुमारी थाम्सुहाङ्ले सहकारी अभियानको वर्तमान अवस्था, चुनौती र सम्भावना विषयको कार्यपत्र पेश गर्नु भयो । यस्त कार्यपत्रमाथि सहकारी अगुवा रमेशप्रसाद पोखरेलले टिप्पणी गर्नु भयो भने खेम पाठकको अध्यक्षतामा सो शत्र सञ्चालन भएको थियो ।

थाम्सुहाङले प्रस्तुत गरेको कार्यपत्रमा प्रदेश १ मा मात्रै ४ हजार ७ सय ३७ वटा विभिन्न उद्धेस्यका सहकारीहरु रहेका छन् । यीनमा ९ लाख ३५ हजार ७ सय सदस्य आवद्ध भएको तथ्यांक प्रस्तुत गर्नु भएको थियो ।

दुई दिन चल्ने कार्यक्रम शुरु हुनु अघि प्रभात फेरी निकालिएको थियो । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षता र सहकारी अभियन्ता एवम् पूर्वगृह राज्यमन्त्री दिपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा प्रदेश १ का अधिकांश जिल्लाका सहकारीकर्मीहरुको सहभागीता रहेको छ ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले सदस्य र समुदाय केन्द्रित भई संस्थाले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो । यस्तै स्वागत मन्तव्य राख्ने क्रममा बरिष्ठ उपाध्यक्ष पदम थापाले झापा, मोरङ् तथा ईलामका विभिन्न स्थानमा सेवा केन्द्र स्थापना गरि संस्थाले कारोवार र सेवा विस्तार गर्दै आएको बताउनुभयो । पूर्वी नेपालकै बढि कारोवार गर्ने मध्येको एक मेची सहकारी संस्थाले सहकारी एकिकृत बस्तिको योजना समेत सञ्चालन गरि रहेको संस्थाका सचिव राजेन्द्र दाहालले बताउनु भयो । सो बस्ति यसै वर्ष भित्र सम्पन्न गर्ने संस्थाको लक्ष्य छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा योग शिक्षकलाई सम्मान

दमक, २६ असार | दमक–८ स्थित अर्गानिक योग साधना केन्द्रले गुरु पूर्णिमाको अवसरमा एक विशेष समारोहको आयोजना गरी पतञ्जली योग समितिमार्फत सञ्चालन गरिएको सह–योग शिक्षक

दमकमा स्यालो ट्युबेल जडानका कारण पानी नपरेपनि रोपाई गर्न सहज

दमक,२६ असार । झापा जिल्लामा असार महिनाको अन्तिम साता नजिकिँदासमेत पर्याप्त वर्षा नहुँदा बर्खे धान रोपाइँ प्रभावित भएको छ। अधिकांश किसान अझै आकाशे पानीको प्रतीक्षामा

हराएको स्कार्पियो फेला पर्‍यो

दमक, २६ असार । धरानबाट हराएको स्कोरपियो फेला परेको छ ।   आज बिहान धरान १८ स्थित धनकुटे रोडमा पार्किङ गरी राखिएको को २ च

बाह्रदशीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

दमक,२६ असार । झापाको बाह्रदशी गाउँपालिका–१ मा भारतीय नम्बर प्लेटको मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको प्रहरीले जनाएको छ ।