समृद्धिका लागि सहकारी

मेची सहकारीको रजत वर्ष सुरु- २ दिने कार्यशाला गोष्ठिको सुभारम्भ- दिगो विकास र आत्मनिर्भरताका लागि सहकारी क्षेत्र बलियो हुनपर्नेमा जोड 

दमक/
नेपालको दिगो विकास र आत्मनिर्भरताका लागि सहकारी क्षेत्र बलियो हुन जरुरी रहेको विज्ञ एवम् सहकारी अगुवाहरुले बताएका छन् ।
दमक स्थित मेची सहकारी संस्थाले आफ्नो रजत जयन्तीको अवसर पारि आयोजना गरेको प्रदेश १ स्तरीय गोष्ठिमा विज्ञहरुले सो कुरा बताएका हुन् । उनीहरुले सरकारको तीन खम्बे आर्थिक नीतिमा सहकारी समेत रहेको स्मरण गर्दै राज्यका तीनै ओटा खम्ब बलियो भए मात्र अर्थतन्त्र पनि बलियो हुन सक्ने धारणा राखे ।

कार्यक्रममा नेपालमा विद्यमान सहकारी कानून र कार्यान्वयनका चुनौती विषयमा बागमती प्रदेश, सहकारी मन्त्रालयका सचिव बलराम निरौलाले कार्यपत्र पेश गर्नु भएको थियो । सहकारी महासंघका सञ्चालक शिवकुमार डाँगीको अध्यक्षतामा भएको सो शत्रमा सहकारी अगुवा रामचन्द्र उप्रेतीले कार्यपत्र माथि टिप्पणी गर्नु भएको थियो ।

निरौलाले प्रस्तुत गरेको कार्यपत्रमा सहकारी ऐन, नियम, मापदण्ड र विनियमका बारेमा अलीक बढि चचौ गरिएको थियो । सहकारी कानुनको आवश्यकता , सहकारी ऐन २०७४ का विशेषता , मुल्य मान्यता , सिद्धान्त र सहकारी चरित्रको अनुशरण लगायतमा बारेमा उहाँले निरौलाको प्रस्तुतीमा उल्लेख गरिएको थियो । सहकारी मापदण्ड २०७८ को ब्याख्या गर्दै निरौलाले अनुगनमा सुचकका र यी सबैको कार्यान्यावनमा चुनौतीका बारेमा चर्चा गर्नु गर्नुभएको थियो ।

कार्यपत्रमा टिप्पणी गर्दै सहकारी अगुवा उप्रतीले सहकारी ऐन निर्माणको प्रस्तावनामा ‘कृषक कालिगड, श्रमिक, न्यून आय समुह, सिमान्तकृत समुदाय र आम उपभोक्तालाई लक्षीत गर्दै सदस्य केन्द्रित व्यवसायीक संघ सस्थाको गठन गर्ने भनिएपनि सदस्यको व्यवसायले त्यति महत्व नपाएको टिप्पणी गर्नुभयो । सस्थाले सदस्य बनाउँदा सस्थाको कारोबारसँग प्रतिस्पर्धासँग नगरेको हुनुपर्ने भनी उल्लेख गरिएको नियममा सस्थाले गरेको व्यवसाय सदस्यले गरेको हुनुहुदैन भन्ने प्रावधान कत्तीको लागु हुन सक्ला भन्दै प्रश्न गर्नु भएको थियो । निरौलाको ६ पन्ने कार्यपत्रमा उप्रेतीले लिखितरुपमै ५ पन्नको टिप्पणी गर्नु भएको थियो भने सहभागीले पनि प्रश्न गरेका थीए ।

यस्तै राष्ट्रिय सहकारी महासंघका महाप्रवन्धक चित्रकुमारी थाम्सुहाङ्ले सहकारी अभियानको वर्तमान अवस्था, चुनौती र सम्भावना विषयको कार्यपत्र पेश गर्नु भयो । यस्त कार्यपत्रमाथि सहकारी अगुवा रमेशप्रसाद पोखरेलले टिप्पणी गर्नु भयो भने खेम पाठकको अध्यक्षतामा सो शत्र सञ्चालन भएको थियो ।

थाम्सुहाङले प्रस्तुत गरेको कार्यपत्रमा प्रदेश १ मा मात्रै ४ हजार ७ सय ३७ वटा विभिन्न उद्धेस्यका सहकारीहरु रहेका छन् । यीनमा ९ लाख ३५ हजार ७ सय सदस्य आवद्ध भएको तथ्यांक प्रस्तुत गर्नु भएको थियो ।

दुई दिन चल्ने कार्यक्रम शुरु हुनु अघि प्रभात फेरी निकालिएको थियो । संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको अध्यक्षता र सहकारी अभियन्ता एवम् पूर्वगृह राज्यमन्त्री दिपकप्रकाश बास्कोटाको प्रमुख आतिथ्यमा शुरु भएको कार्यक्रममा प्रदेश १ का अधिकांश जिल्लाका सहकारीकर्मीहरुको सहभागीता रहेको छ ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले सदस्य र समुदाय केन्द्रित भई संस्थाले आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको बताउनुभयो । यस्तै स्वागत मन्तव्य राख्ने क्रममा बरिष्ठ उपाध्यक्ष पदम थापाले झापा, मोरङ् तथा ईलामका विभिन्न स्थानमा सेवा केन्द्र स्थापना गरि संस्थाले कारोवार र सेवा विस्तार गर्दै आएको बताउनुभयो । पूर्वी नेपालकै बढि कारोवार गर्ने मध्येको एक मेची सहकारी संस्थाले सहकारी एकिकृत बस्तिको योजना समेत सञ्चालन गरि रहेको संस्थाका सचिव राजेन्द्र दाहालले बताउनु भयो । सो बस्ति यसै वर्ष भित्र सम्पन्न गर्ने संस्थाको लक्ष्य छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जेनजी शहीद स्मृति दिवसः पुरानो संसद् भवन परिसरमा भावुक दृश्य, दीप प्रज्वलन र माल्यार्पण

काठमाडौं , भदौ २३ । जेनजी शहीदहरूको सम्झनमामा आज देशभर स्मृति दिवस मनाइँदै छ ।यसै क्रममा नयाँ बानेश्वरस्थित पुरानो संसद् भवनको प्रांगणमा जेनजी शहीद कल्याणकारी

दमकमा इन्टर स्कुल प्रिन्स एन्ड प्रिन्सेस मोडल आइकनको ग्राण्ड फिनाले सम्पन्न

प्रतियोगिताको निर्णायकमा मिस नेपाल कोस्मो दिपशिखा नेपाल, मिष्टर नेपाल प्रकाश चौहान, विवश राई र मनिला ढकाल रहेका थिए ।

रसुवा बाढीपीडितका लागि नाइमाको ५० लाख सहयोग, अर्थमन्त्रीलाई रकम हस्तान्तरण

काठमाडौं , भदौ २३। नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले रसुवामा आएको बाढीबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ

इमानदार, जिम्मेवार र चनाखो भएर कर्तव्य निर्वाह गरौं : सुशीला कार्की

काठमान्डौ,२३ भदौ ।पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिन नसके दुई तिहाइ बहुमतको सरकार पनि स्थिर रहँदैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको बताउनु भएको छ। आज मंगलबार

अवरुद्ध सडक सञ्चालन र जोखिमयुक्त क्षेत्रमा निगरानी तीव्र

एजेन्सी,२३ भदौ । दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा पहिरोबाट प्रभावित केरुङ बन्दरगाहको मुख्य प्रभावित क्षेत्रमा पुग्ने एक मात्र स्थलमार्गमा यातायात सुरक्षित बनाउने प्रयास जारी राखिएको

साइकलको सिटमुनि लुकाएर ल्याएको ब्राउनसुगर सहित कन्काईबाट एक युवक पक्राउ

झापा, भदौ २३ । साइकलको सिटमुनि लागूऔषध लुकाएर ल्याउँदै गर्दा कन्काई नगरपालिकामा एकजना युवक पक्राउ परेका छन् ।हिजो सोमबार साँझ ६ः१५ बजे कन्काई नगरपालिका वडा