कफर्यु हटेपछि के भन्छन् व्यवसायी ?

दमक, २८ भदौ । झापामा शनिबार देखि कफर्यु हटाइएको छ । आज झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिका सदस्यहरुको उपस्थितिमा समितिको बैठक बसी कफर्यु हटाउने निर्णय गरेको हो ।

 

भदौ २३ र २४ गतेको जेनजी नेतृत्वको आन्दोलन समाप्त भए पश्चात् जिल्लामा शान्ति र सुव्यवस्था कायम राखी जनजीवन सामान्य बनाउने सन्दर्भमा जिल्लाभर लागू हुने गरी कफर्यु आदेश जारी गरिएकोमा स्थिति सामान्य हुँदै गएकाले अर्को सूचना जारी नभएसम्मको लागि आज देखि उक्त कफर्यु हटाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

कफर्यु हटेसगै बजारमा चहल–पहल सुरु भएको छ । कफ्र्यू र निषेधाज्ञा हटेसँगै शुक्रबार फाट्टफुट्ट मात्र चलेका सवारी साधन शनिबार बिहानदेखि बाक्लो संख्यामा देखिएका हुन् । सार्वजनिक बससँगै ट्याक्सी लगायतका सवारी साधन नियमित रूपमा सञ्चालनमा आएका छन्। व्यापार व्यवसायका पसलहरु पनि खुल्न थालेका छन् ।

चार्डपर्वको मुखमा भएको प्रदर्शनले व्यापार चौपट हुने चिन्तामा व्यापारी थियो । तर अहिले सरकारले सबैखालका कर्फयू हटाएपछि राहत मिलेको प्रतिकृया दिएका छन् ।

दमकका व्यवसायी पशुपति अधिकारी भन्नु हुन्छ ‘आन्दोलन र प्रदर्शन लामै समय जान्छ जस्तो लागेको थियो । राज्यले घोषणा गरेको कर्फयू र निशेधाज्ञा पनि लम्बीन्छ कि भन्ने डर थियो । तर अहिले खुल्यो र पसल पनि खोल्यौ । अव दशैको व्यापार गर्न पाइने भइयो । अधिकारीले बताउनु भयो ।

यस्तै अर्का व्यवसायी देवेन्द्र बराल जेन जी आन्दोलनले जे चाहेको छ त्यो उपलब्धी मिलेको र अव यसलाई सस्थागत पार्न सबै लाग्नु पर्ने बताउनु हुदै देशले नया मोड लिने प्राप्त उपलब्धीको रक्षा होस भन्ने सुझाव पनि दिनु हुन्छ ।

भदौ २३ र २४ गते दुई दिन सम्म चलेको प्रदर्शनले देशनै अस्त व्यस्त बनेको थियो । नयाँ अन्तरीम सरकार बनेसगै अहिले बिस्तारै सबै क्षेत्रमा चलायमान सुरु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले