जेनजी आन्दोलनका कारण झापाका ६९ वटा प्रहरी कार्यालय विस्थापित

दमक,२८ भदौ। जेनजी आन्दोलनका कारण झापाका ६९ वटा प्रहरी कार्यालय विस्थापित भएका छन् ।

आन्दोलनकारीहरुले प्रहरी कार्यालयहरुमा तोडफोड र आगजनी गरेपछि अधिकांश प्रहरी कार्यालय विस्थापित बनेका हुन् । झापामा जम्मा ७३ वटा प्रहरी युनिट रहेका थिए । त्यसमध्ये चारवटा बाहेक सबै विस्थापित बनेका हुन् । जिल्ला प्रहरी कार्यालय , इलाका प्रहरी कार्यालय काँकडभिट्टा ,इलाका प्रहरी कार्यालय धुलावारी र इलाका प्रहरी कार्यालय गौरीगञ्जमा आन्दोलनको असर परेपनि ती प्रहरी युनिट भने विस्थापित भएनन् । विस्थापित बनेका प्रहरीहरु जिल्ला प्रहरी कार्यालयमा एकत्रित बनेको प्रहरीले जनाएको छ ।

 

झापाका विस्थापित प्रहरी कार्यालयमध्ये हिजो एकैदिन ९ वटा पुनस्र्थापित भएका छन् । पुनस्र्थापित हुने प्रहरी युनिटहरुमा इलाका प्रहरी कार्यालय केचना , इलाका प्रहरी कार्यालय कुमरखोद , इलाका प्रहरी कार्यालय राजगढ , प्रहरी चौकी महेशपुर , इलाका प्रहरी कार्यालय घैलाडुब्बा , इलाका प्रहरी कार्यालय शनिश्चरे , इलाका प्रहरी कार्यालय गौरादह ,प्रहरी चौकी कोरोवारी र प्रहरी चौकी चारआली रहेको छ ।

 

अन्य प्रहरी कार्यालयहरु पनि पुनस्र्थापित हुँदैछन् । अन्य प्रहरी कार्यालयहरुलाई पनि पुनस्र्थापना गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । तत्काल पुनस्र्थापना गर्न नसकिने प्रहरी कार्यालयमा दरबन्दी भएका प्रहरीहरुलाई छेउको प्रहरी कार्यालयमा राखेर जिम्मेवारीमा खटाइने बताइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका

मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा!

हेटौंडा,२१ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ माथि सम्पत्ति शुद्धीकरण विभागले कडा निगरानी सुरु गरेको छ। सोमबार दिउँसो काठमाडौंबाट आएको विभागको विशेष टोलीले मुख्यमन्त्री