एमालेप्रति विश्वास गर्न युवाहरु सबैलाई आग्रह

काठमाडौं,२८ भदौ। नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले युवाहरुले नै बनाएको हुनाले युवाहरुले नै नेतृत्त गर्दै आएको बताउनु भएको छ । सामाजिक सञ्जालमार्फत शनिबार एक भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले एमाले नयाँ र युवा मैत्री, जनमुखी, प्रगतिशिल बनाउन संरचनागत सुधार गर्ने बताउनु भएको छ ।

 

 

‘हाम्रो पार्टीमा पुरानो पुस्ता छ। बिचको पुस्ता छ। युवा पुस्ता छ।’उहाँले भन्नु भयो, ‘हाम्रो पार्टीमा जेन्जी पुस्ता किन आइरहेको छैन। उनीहरुको र हाम्रो पार्टीका कडि किन टुटिरहेको छ। यसको गम्भीर समीक्षा गर्नेछौं। हाम्रो पार्टीको नीति, नेतृत्व आगामी दिनमा युवा मैत्री बनाउने छौं।’

 

एमालेले जनतासँगको सम्बन्धमा व्यापक सुधार गर्नुपर्ने बताउँदै उहाँले युवाहरुलाई एमालेप्रति विश्वास गर्न सबैलाई आग्रह गर्नु भएको छ । भट्टराईले भदौ २३ र २४ गतेको घटनाको व्यापक छानविन गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गर्नु भएको छ ।

 

भट्टराईले नेपाल एक पटक फेरि संक्रमणकालमा प्रवेश गरेको बताउँदै संसद विघटन संक्रमण निधानको सही बाटो नभएको उल्लेख गर्नु भएको छ ।उहाँले संक्रमणको निराकरण संवैधानिक प्रक्रियाबाट हुनुपर्ने बताउनु भयो । ‘जेनजीहरुका मागलाई संवैधानिक प्रक्रियाबाटै, संसदबाटै पूरा गर्न सकिन्थ्यो। राष्ट्रपतिले अहिले जसलाई प्रधानमन्त्री बनाउनुभएको छ उहाँलाई संसदबाट पनि प्रधानमन्त्री बनाउन सकिन्थ्यो’ भट्टराईले भिडियो सन्देशमा भनेका छन् ‘तर त्यता जान खोजिएन। संसदलाई विघटन गरिएको छ। यो सही निकास होइन।’

 

संविधान परिपालना नगर्दा यसको खारेजीको जोखिम हुने उहाँको भनाइ छ। ‘संविधानलाई लिकमा फर्काउन,लोकतान्त्रिक प्रक्रियालाई लिकमा फर्काउन सजिलो छैन’ भट्टराईले भन्नु भयो,‘आगामी दिनमा संविधान र लोकतन्त्रलाई लिकमा फर्काउन धैर्यतापूवर्क अघि बढ्नुको विकल्प छैन। प्रधानमन्त्री र राष्ट्रपतिलाई भन्न चाहन्छौं तपाईंहरुका हरेक कदम संवैधानिक होउन। हामी समर्थन गर्छौं।’

सचिव भट्टराईले भ्रष्टाचार,कुशासन र बेथिती समाजको नकारात्मक पाटो भएकोले यसको अन्त्य हुनुपर्ने बताउनु भयो । एमालेले भौतिक संरचना निर्माणमा ठूलो उपलब्धी हासिल गरेको स्मरण गराउदै भट्टराईले भ्रष्टाचार नियन्त्रणका लागि जति प्रयत्न गर्नुपथ्र्यो त्यती गर्न नसकिएको स्वीकार बताँउनु भयो,‘जनताका आवाज,युवा पुस्ताको आवाजलाई ठिक ढंगले सम्बोधन गर्ने कुरामा हामी कतै चुक्यौं। ति कमिकमजोरीप्रति हामी आत्मालोचना गर्दछौं ’ भट्टराईले भन्नु भयो,‘यस कमजोरीका लागि जनतासँग माफी माग्दछौं। किनकि एउटा राजनीतिक दल जनताबिना बाँच्न सक्दैन। जनता हाम्रा आधार स्तम्भ हो। ’

भट्टराईले एमालेलाई गतिशिल बनाउन युवाहरुको आवश्यकता औल्याए। पार्टी संकटका बेला यो कारण वा त्यो कारण देखाएर पार्टी छोड्ने प्रवृति राम्रो नभएको बताउँदै विचलित नहुुन उनले आह्वान गर्नु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले