जेन–जी प्रदर्शनबाट होटल क्षेत्रमा झन्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति

काठमाण्डौ ,२८ भदौ। जेन–जीले भदौ २३ र २४ मा गरेको प्रदर्शनबाट होटल क्षेत्रमा झन्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत बतााएको छ ।

 

सङ्कलित प्रारम्भिक जानकारी अनुसार प्रत्यक्ष प्रभावित भएका होटलहरूमा काठमाण्डौ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायत क्षेत्रमा सञ्चालनमा रहेका छन् ।

 

काठमाण्डौको निर्माणाधिन हिल्टन होटलको मात्रै आठ अर्ब रुपैयाँभन्दा धेरेको क्षति भएको अनुमान गरिएको छ । होटल प्रतिष्ठान लगायतमा भएको आगजनी, तोडफोड र लुटपाटबाट पर्यटन क्षेत्र पनि प्रभावित भएको छ ।

 

जेन–जीको प्रदर्शन र त्यसपछिको विषम अवस्थाले अरू क्षेत्रसहित पर्यटन क्षेत्र पनि प्रभावित बनेको छ । महत्त्वपूर्ण सम्पदासँगै अन्तर्राष्ट्रिय पहिचान र शाखको रूपमा रहेको देशको पर्यटन क्षेत्रमा पनि पछिल्लो आन्दोलनले असर पु¥याएको छ । पर्यटकीय सिजन शुरू हुनै लाग्दाको विषम परिस्थितीले पर्यटनलाई थिलथिलो बनाएको यस क्षेत्रमा आवद्ध व्यवसायीले जनाएका छन् । अबको पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही रद्द नै भएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

विराटनगरमा सरकारी जग्गा हडप्नेको रजगज

विराटनगर,२१ वैशाख । अरूलाई न्याय दिने र कानुनको रक्षा गर्ने निकायहरू नै अहिले विराटनगरमा आफ्नै जग्गा जोगाउन नसक्ने अवस्थामा पुगेका छन्। उच्च अदालत, जिल्ला समन्वय समिति

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका

मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा!

हेटौंडा,२१ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ माथि सम्पत्ति शुद्धीकरण विभागले कडा निगरानी सुरु गरेको छ। सोमबार दिउँसो काठमाडौंबाट आएको विभागको विशेष टोलीले मुख्यमन्त्री