जेन–जी प्रदर्शनबाट होटल क्षेत्रमा झन्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति

काठमाण्डौ ,२८ भदौ। जेन–जीले भदौ २३ र २४ मा गरेको प्रदर्शनबाट होटल क्षेत्रमा झन्डै २५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ । झन्डै दुई दर्जन होटलमा ठूलो क्षति पुगेको होटल सङ्घले विज्ञप्तिमार्फत बतााएको छ ।

 

सङ्कलित प्रारम्भिक जानकारी अनुसार प्रत्यक्ष प्रभावित भएका होटलहरूमा काठमाण्डौ उपत्यका, पोखरा, बुटवल, भैरहवा, झापा, मोरङ विराटनगर, धनगढी, महोत्तरी, दाङ तुलसीपुरलगायत क्षेत्रमा सञ्चालनमा रहेका छन् ।

 

काठमाण्डौको निर्माणाधिन हिल्टन होटलको मात्रै आठ अर्ब रुपैयाँभन्दा धेरेको क्षति भएको अनुमान गरिएको छ । होटल प्रतिष्ठान लगायतमा भएको आगजनी, तोडफोड र लुटपाटबाट पर्यटन क्षेत्र पनि प्रभावित भएको छ ।

 

जेन–जीको प्रदर्शन र त्यसपछिको विषम अवस्थाले अरू क्षेत्रसहित पर्यटन क्षेत्र पनि प्रभावित बनेको छ । महत्त्वपूर्ण सम्पदासँगै अन्तर्राष्ट्रिय पहिचान र शाखको रूपमा रहेको देशको पर्यटन क्षेत्रमा पनि पछिल्लो आन्दोलनले असर पु¥याएको छ । पर्यटकीय सिजन शुरू हुनै लाग्दाको विषम परिस्थितीले पर्यटनलाई थिलथिलो बनाएको यस क्षेत्रमा आवद्ध व्यवसायीले जनाएका छन् । अबको पर्यटकीय सिजनका लागि आएको विदेशी नागरिकको बुकिङ केही रद्द नै भएको जनाएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले