बिद्यालय खुल्ने

झापामा आइतबारदेखि निजी स्कुल खुल्ने, प्याब्सनले प्रहरी कार्यालय मर्मत गरिदिने

दमक प्याब्सनले प्रहरी कार्यालयना सहयोग गर्ने

दमक २८ भदौ | निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले सदस्य विद्यालयहरूमा पठनपाठन सुचारु गर्न अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय झापाले गत भदौ २३ र २४ गते Gen-Z नेतृत्वको आन्दोलनका कारण जारी गरेको निषेधाज्ञा भदौ २८ गतेदेखि हटाइएसँगै, विद्यार्थीलाई पठनपाठनमा फर्काउने वातावरण बनाउनुपर्ने आवश्यकता देखिएको प्याब्सनले जनाएको छ।

यसक्रममा प्याब्सन झापाले स्थानीय तह, शिक्षा, युवा तथा खेलकुद शाखासँग समन्वय गरी सदस्य विद्यालयहरूलाई अध्ययन–अध्यापनलाई सहज बनाउन सुझाव दिएको हो।

प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्की र सचिव लक्ष्मिप्रसाद उप्रेतीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “आवश्यक सुरक्षा र शान्त वातावरण कायम गर्दै आइतबारदेखि पठनपाठनलाई निरन्तरता दिन विद्यालयहरूले आवश्यक तयारी गर्नु जरुरी छ।”

दमक प्याब्सनले प्रहरी कार्यालयना सहयोग गर्ने

यस्तै प्याब्सन दमक नगर कमिटीले इलाका प्रहरी कार्यालय दमकमा एक लाख रुपैया बराबरको जिन्सी सामाग्री सहयोग गर्ने निर्णय समेत गरिएको छ । प्याब्सन दमकका अध्यक्ष नवीन योगीका अनुसार जेन जि समुहले जलाएर नस्ट पारेको कार्यालयमा काम गर्न सहज होस भनेर कार्यालयलाई आवश्यक पर्ने जिन्सी सामाग्री खरिद गरेर दिइने उहाले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले