बिद्यालय खुल्ने

झापामा आइतबारदेखि निजी स्कुल खुल्ने, प्याब्सनले प्रहरी कार्यालय मर्मत गरिदिने

दमक प्याब्सनले प्रहरी कार्यालयना सहयोग गर्ने

दमक २८ भदौ | निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले सदस्य विद्यालयहरूमा पठनपाठन सुचारु गर्न अनुरोध गरेको छ।

जिल्ला प्रशासन कार्यालय झापाले गत भदौ २३ र २४ गते Gen-Z नेतृत्वको आन्दोलनका कारण जारी गरेको निषेधाज्ञा भदौ २८ गतेदेखि हटाइएसँगै, विद्यार्थीलाई पठनपाठनमा फर्काउने वातावरण बनाउनुपर्ने आवश्यकता देखिएको प्याब्सनले जनाएको छ।

यसक्रममा प्याब्सन झापाले स्थानीय तह, शिक्षा, युवा तथा खेलकुद शाखासँग समन्वय गरी सदस्य विद्यालयहरूलाई अध्ययन–अध्यापनलाई सहज बनाउन सुझाव दिएको हो।

प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्की र सचिव लक्ष्मिप्रसाद उप्रेतीको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ, “आवश्यक सुरक्षा र शान्त वातावरण कायम गर्दै आइतबारदेखि पठनपाठनलाई निरन्तरता दिन विद्यालयहरूले आवश्यक तयारी गर्नु जरुरी छ।”

दमक प्याब्सनले प्रहरी कार्यालयना सहयोग गर्ने

यस्तै प्याब्सन दमक नगर कमिटीले इलाका प्रहरी कार्यालय दमकमा एक लाख रुपैया बराबरको जिन्सी सामाग्री सहयोग गर्ने निर्णय समेत गरिएको छ । प्याब्सन दमकका अध्यक्ष नवीन योगीका अनुसार जेन जि समुहले जलाएर नस्ट पारेको कार्यालयमा काम गर्न सहज होस भनेर कार्यालयलाई आवश्यक पर्ने जिन्सी सामाग्री खरिद गरेर दिइने उहाले बताउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रसुवामा आएको बाढिमा झापाका १० जना बेपत्ता

दमक,१२ भदौ | रसुवा स्थित भोटेकोसीमा आएको अप्रत्याशित बाढिमा परि झापाका  १० जना बेपत्ता भएका छन ।   जिल्ला प्रशासन कार्यालय झापाको सूचना शाखाका अनुसार

रसुवा बाढीपीडितका लागि ६ घण्टामै २७ करोड ३३ लाख जुट्यो

काठमाडौं , भदौ ११ । रसुवा बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार, खोज तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जुट्न थालेको छ।

बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले ५ लाख दिने

बिर्तामोड , भदौ ११ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गर्ने

रसुवाको मैलुङबाट दोलखाका सन्तोष थपलिया सम्पर्कविहीन, खोजी तीव्र

काठमाडौं , भदौ ११ । दोलखाको मेलुङ गाउँपालिका–१, पवटी स्थायी घर भएका सन्तोष थपलिया रसुवाको मैलुङ क्षेत्रबाट सम्पर्कविहीन भएका छन्। थपलिया विगत डेढ वर्षदेखि कोरियन

बाढीको त्रास र हराउँदै गएको मानवीय संवेदना

काठमाडौं,११ भदौ । भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको अप्रत्याशित बाढी र पहिरोले केवल घर, सडक र संरचना मात्र बगाएन । धेरै परिवारका सपना,

बाढीमा ३५९ जनाको मृत्यु, ६३ घाइते, २८ प्रहरी सम्पर्कविहीन

काठमाडौँ , ११ भदौ। रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा परी हालसम्म ३५९ जनाको शव फेला परेको छ। बाढीपछिको खोज तथा उद्धार कार्यमा ४ हजार ३४८