कारागार र बाल सुधारगृहबाट भागेका ३ जना नेपाल–भारत सीमावर्ती क्षेत्रबाट पक्राउ

सिरहा,२८ भदौ । जेनजी आन्दोलनको क्रममा मंगलबार कारागार र बाल सुधारगृहबाट भागेका तीन जनालाई सिराहा प्रहरीले नेपाल–भारतको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आन्दोलनको क्रममा महोत्तरीको जलेश्वरस्थित कारागार र पर्साको बिर्तास्थित बाल सुधारबाट भागेका तीन जनालाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको जनाएको छ ।

 

लागुऔषध तथा हातहतियार खरखजाना मुद्दाअन्तर्गत जलेश्वर कारागारमा पुर्पक्षमा रहेका २६ वर्षीय रूपेशकुमार बैदार फरार भएको अवस्थामा पक्राउ गरिएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिनु भयो ।

 

उहाँका अनुसार पर्साको बिर्तास्थित बाल सुधारबाट फरार भएका बाल बिज्याइँकर्ताहरू जबरजस्ती करणी मुद्दाका १४ वर्षीय मो, सद्दाम अन्सारी र कर्तव्य ज्यान मुद्दाका १५ वर्षीय मो। सहमद नदाफलाई पक्राउ गरी जिल्ला प्रहरीमार्फत सम्बन्धित कारागार र बाल सुधारगृहमा पठाउन समन्वय भइरहेको प्रहरीले बताएको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले