दमक, २९ भदौ । गत भदौ २३ र २४ गते जेन जी समुहको निशानामा परेको दमक नगरपालिकाको भवन शनिबार औपचारीक रुपमा खुल्ला गरियो । दुई दिनको आक्रमणबाट क्षत विक्षत भएको नगरपालिकाको भवन कहाँ कस्तो कस्तो अवस्था छ भनेर निरिक्षण गर्न खोलीएको हो ।
नेपाल मानव अधिकार संगठनका केन्द्रिय उपाध्यक्ष डा. केपि सुवेदीले सबै जनप्रतिनिधी तथा अन्य सामाजीक अगुवाहरुको उपस्थितमा नगरपालिकाको मुल गेटमा लगाइएको ताल्चा खोल्नु भएको हो ।
भीत्र पसेर हेर्दा भवनको भुई तलाका अधिकांश शाखाहरु जलेर खरानी भएका छन । पहिलो तलामा रहेको प्रमुख प्रशाषकीय अधिकृतको कोठा पूर्णरुपमा जलेर नष्ट भएको छ । यस्तै अन्य शाखाहरुमा सामान्य क्षती भएको छ । दोस्रो तलामा नगर प्रमुखको कार्यकक्ष पूर्ण रुपमा जलेर खरानी भएको छ भने सोहि तलामा रहेका अन्य शाखा, कार्यालय, उप प्रमुखको कार्यकक्षमा निकै कम क्षती भएको छ ।
यस बाहेक अन्य नगरसभाहलको आदा भागमा क्षती पुगेको । शिक्षा शाखा रहेको भवनको तल्लो तला पूर्ण रुपमा जलेको छ । सार्वजनिक सम्पत्तीमा यसखालको आक्रमणलाई मावन अधिकारवादी सस्थाहरुले निन्दा गरेका छन् । मानव अधिकार अनुगमनका कोशी संयोजक जय श्रेष्ठले यस खालको घटना अमानवीय र अपराधीक सोच भएकाहरुले गरेको भन्दै निन्दा गर्नु भएको छ ।
यस्तै नेपाल मानव अधिकार संगठनका केन्द्रिय उपाध्यक्ष डा. केपि सुवेदीले सार्वजिनक सम्पत्तीमा गरिएको तोडफाडबाट गरिएको परिवर्तनको अपेक्षा पुरा नहुने बताउँदै घटनाको निन्दा गर्नु भयो । आम सर्वसाधारणका साना भन्दा साना काम हुने सरकारी अड्डामा आगजानी र तोडफोड गरिनु गैरनागीक कर्म रहेको भन्दै उहाँले टिप्पणी गर्नु भयो ।
निरक्षणपछि बोल्दै नगरकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले दमकमा सार्वजनिक र निजी सम्पत्तीमा भएको तोडफोड र आगमजानीजन्य घटनाको निन्दा गर्नु भयो । आफ्नो समेत घरमा हमला भएको बताउँदै व्यक्ति र निकाय ताक्दै र त्यसमा क्षती पुर्याएर ल्याउन खोजीएको परिवर्तन कस्तो हुन्छ भन्दै प्रश्न गर्नु भयो । निकै भावुक मुद्रामा उहाँले भन्नु भयो अन्तरीम सरकार बनेको छ । सयाद यो सरकारले घटनाको बारेमा गहिरो अनुसन्धान गर्ने छ र सबैलाई न्याय दिने छ ।
नगर प्रमुख राम कुमार थापाको समेत घरमा आगजानी र तोडफोड भएको थियो । आफै बिक्षीप्त रहनु भएका नगर प्रमुख थापा भन्नु हुन्छ तत्कालै नगरपालिका सञ्चालन गरिहाल्न सक्ने अवस्था छैन । जिल्ला प्रशाषन कार्यालयमा प्रमुख जिल्ला अधिकारी सहित १५ वटा पालिकाकाकै जनप्रतिनिधीहरुसग छलफल छ । त्यसपछि के गर्ने र कसरी गर्ने भन्ने निचोड निस्कने अपक्षा गरिएके छ ।त्यसपछि मात्रै दमक नगरपालिका कहिले र कसरी खुल्ने भन्नेबारेमा भन्न सकिने नगर प्रमुख थापाले प्रतिकृया दिनुभयो ।
जलेको नगरपालिकाको निरिक्षण गर्न मानव अधिकारवादी, सञ्चारकर्मी, सामाजीक अगुवा, बिभिन्न राजनैतिक दलका प्रतिनिधी तथा सरोकारवालाहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।









