दमक, २९ भदौ | नेकपा माओवादी केन्द्रका नेता रेवत राज पुरी गगनले जेन जी समुहको नाममा भएको प्रर्दशनबाट भएको क्षतीका बारेमा सरकारले अनुसन्धान गर्नुपर्ने बताउनु भएको छ ।
गत भदौ २४ गते देशव्यापी रुपमा सार्वजनिक तथा निजी सम्पत्तीमाथी भएको तोडफोड र अगाजानी घटनाको गहिरो अनुसन्धान गरि राज्यले दोशीलाई कार्वाहि समेत गर्नुपर्ने माग उहाँले राख्नु भएको छ । दमक ८ बालुवाटारमा रहेको उहाँको समेत निजी निवासमा आगजानी भएको र त्यसको निरिक्षण पछि उपस्थिती सञ्चारकर्मीसग प्रतिकृया दिदै पुरीले भन्नु भयो यो घटना सुनीयोजीत छ ।
घटना निन्दनीय छ । यसको सत्य तथ्य छानविन गर्नै पर्छ । राज्यले राजनैतिक प्रदर्शन भनेर उम्कन नपाउने भन्दै कडा आपत्ती जनाउनु भयो ।
दमक नगरपालिकाका नगर प्रमुख राम कुमार थापा, उप प्रमुख रेगिना भट्टराई प्रसाई , मानव अधिकारवादि लगातको संयूक्त टोलीले पुरीको जलेको घरको शनिबार निरक्षण गरेको थियो । उहाँको घरको भुई तला, पहिलो र दोस्रो तलका बिभिन्न कोठाहरु पूर्णरुपमा जलेका छन् भने केहि भागहरुमा आंशीक क्षती भएको छ ।









