आँखाबाट आशु झर्ने कथा

आमाबाबुले नै बेचे छोराछोरी, गाउँभरि अपहरणको हल्ला

उज्यालो खवरको सकृयतामा यसरी खुल्यो रहस्य

दमक, २९ भदौ  । गौरादह ५ स्कुलचौन देखी हराएका दुई बच्चाहरु महाभारामा १८ दिन पछि सकुसल भेटिएको छन् ।
तर, हराएका यी दुई बच्चाहरु भेटाउन त्यो पनि प्रहरी प्रशासन बिना त्यती सजिलो भने भएन । यो बिचमा एउटा परिवारले मात्रै हैन पूरै गाँउले नै राम्ररी निदाउन पाएको थिएन् ।

भदौ २५ गतेको बिहान हामीले गौरदाह स्कुलचौनदेखी दुई जना बालबालिका हराएको भनेर सुन्यौ । त्यो खबर सुन्ने बित्तिकै हामीले बच्चा गुमाएका पीडित परिवार र त्यहाँका केही स्थानीयहरुसँग कुरा गरि घटनाको प्रकृतीको बारेमा बुझ्यौ ।

 

बच्चा हराएका ति परिवार एकदमै विपन्न र मुस्लीम समुदायका रहेका छन्। उनीहरुलाई दुई छाक खानपनि धौ धौ रहेछ । यस्तोमा उनीहरुले बच्चा खोज्न कसरी जाउन भनेर गाँउका सबै स्थानीय मिलेर नै पहल गरिदिए । बच्चा लिएर जाने पनि आफ्नै छिमेकी रहेको र उनी पनि एक नाबालिका रहेको हामी त्यहाँ पुगेपछि थाहा पायौ । हराउने बच्चाहरु भने १५ वर्षकी बालिका र १० वर्षका बालक थिए भने बच्चा घरबाट लिएर जाने पनि १६—१७ वर्ष की पूजा पाठक रहेछिन ।

यो घटनामा पुजा संलग्न छिन् भनेर थाहा हुने बित्तिकै स्थानीयहरुले उनलाई महारानीझोडको प्रहरी कार्यालयमा उजुरी दिए र त्यहाँबाट उनीहरुसहित घटनामा संलग्न आरोपी मानिनेलाई दमकको ईलाका प्रहरी कार्यलयमा पठाईयो । प्रहरीले नाबालिका हुन् भनेर चौकीमा राख्न नमानेपछि स्थानीयहरुको आग्रह र बच्चा लग्दै गरेको सिसिटिबी फुटेज प्रमाणको रुपमा देखाईएपछि उनलाई चौकीमा राखी सोधपुछ सुरु गरिएको थियो । उनले बारमबार झुटो बयान दिएपछि त्यो केस त्यही अल्झीरहेको थियो ।

 

तर, भदौ २५ गतेको दिन जेन्जीको आन्दोलनको क्रममा ईलाका प्रहरी कार्यलय दमकमा आगलागी भयो । त्यहाँ रहेका कैदीहरु पनि छोडिए । पुजा पाठक पनि त्यो दिन थानाबाट भाग्न सफल भईन् र उनी प्रहरी कार्यालयबाट निस्कने बित्तिकै आफ्नो घर फर्किन । तर, त्यहाँका स्थानीयहरुले उनी आएको थाहा पाउने बित्तिकै सोधपुछ गर्न थाले । तर उनले छिन् छिन्मा कुरा फेर्दै बोलीन ।

यता भदौ २६ गतेको बिहानै हामीलाई एउटा कल आयो। र कल हुन्छ बच्चा गुमाएका बुबाको । उहाले हाम्रो बच्चा लग्ने केटी घरमा आनन्दले बसिरहेको छ तपाईँहरु छिटो आउनुहोस् भन्ने बित्तिकै हामी स्कुलचौन तर्फै लाग्यौ । त्यहाँ पुग्दा घटनाले यस्तो मोड लिएको थियो ।

 

गाउँका स्थानीयहरुले पुजा पाठकको घर घेरेका थिए । सबैको अनुहारमा आक्रोस प्रस्टै देखिन्थ्यो ।

सबैले बारबार पुजालाई बच्चा कहाँ छन् भन्ने प्रश्न गरिरहेका थिए । तर, उनी मौन थिईन् । गाँउका सबै भेला भएर डर देखाएपछि उनले यस्तो प्रतिकृया दिइन ।

 

पुजा पाठकले यस काममा आफ्नो केही हात नरहेको र आफ्नो दिदी रितिकाले आफूलाई यस्तो गर्न बाध्य गरेको बताईन् र बच्चाहरु दिदीसँग सुरक्षित रहेको पनि जानकारी दिइन ।
यो सुन्ने बित्तिकै बच्चाहरु दमकमै छन् भन्ने लागेर सबैको मुहारमा खुसीयाली छायो । त्यसपछि हामीले एकछिन् पनि ढिला नगरि उनको दिदीको खोजीमा दमक आयौँ । पुजाले देखाएको ठाउँमै उनको दिदी रितिका पनि भेटिईन् । तर, उनले आफूलाई बच्चाको बारेमा थाहा नभएको र चिन्दा पनि नचिन्ने निरासानजक जवाफ दिइन ।

 

अब फेरी बच्चा भेटिने सबैको एउटै आशा पनि निराशा भयो । रितिकाले आफू बच्न झुट बोलेको हो कि भन्ठानेर गाउँलेले उनलाईपनि गाउँमै लिएर गए । तर, गाँउ पुगेर पनि उनले आफ्नो जवाफ फेरीनन । उनी भन्छिन मलाई फसाउन खोजीयो ।

 

तर केही घण्टाको सोधपुछ पछि भने पुजाले फेरी बयानमा नयाँ नयाँ कुरा थप्दै गईन् जसले गर्दा उनले यस अघी बोलीरहेका कुरा झुट हुदै गयो । त्यसपछि स्थानीयहरुले फकाएपछि केहीबेरमा पुजा पाठकले फेरी अर्को नयाँ जवाफ दिईन् । उनले बच्चाहरु बिर्तामोडमा रहेको खुलासा मात्रै गरिनन । बिर्तामाड जाउँ बच्चा निकाल्ने काम मेरो भनेर प्रतिवद्धता समेत जनाइन ।

उनले यो भनीसक्दा बेलुकाको ७ बजिसकेको थियो । त्यही भएर हामीले बिर्तामोड भोली पल्टमात्रै जाने निर्णय गर्यौँ । तर, भोली बिहानै हामीलाई बच्चा महाभारा भन्ने ठाउँमा छन् र सुरक्षित छन् भन्ने खबर आउँछ । महाभाराका स्थानीयले हामीलाई टेलीफोन गरेर बच्चा सुरक्षीत रहेको खवर सुनाउदा मात्रै पनि हामीलाई ढुक्क भए जस्तो भएको थियो ।

हामीले सल्लाह गरेर भेला भईसक्दा दिउँसोको १२ बजेको थियो । हामी ५ ओटा बाईकमा बच्चाको बुबा सहित महाभारको लागी निस्क्यौँ । केही घण्टा पछि हामी महाभारा पुग्यौ । त्यहाँ पुगेपछि बच्चाका बुबाले नै हामीलाई बाटो देखाउँदै लैजनुभयो ।
खोलाको बगर कासै कासले ढाकेको ठाउँमा एक दुई ओटा साना साना घर देखिन थाले । त्यहाँ पुग्ने बित्तिकै हामीले बच्चाहरुलाई देखिहाल्यौँ तर, उनीहरु डरले भागे । कुरा बुझ्दा थाहा भयो त्यो ठाउँ उनीहरु पहिला बसेको ठाउँ रहेछ ।
त्यहाँ पुगेपछि सबै कुरा परिवर्तन भयो । हामीले अहिले सम्म जे सोचेका थियौ त्यो हैन रहेछ । घटनाको वास्तविकता त अर्कै रहेछ । अहिलेसम्म हामीले शंकाको दायरामा राखेको पुजा र रितिका निर्दोष रहेछन् । बच्चाहरु आफ्नै खुसीले भागेका रहेछन्। बच्चाहरु पुजाले हैन उनकै बुबा आमाले बेच्न लागेको रहेछन् । यो सुनौ त ।

 

उनीहरुले १–२ लाख पैसा लिई आफ्नै छोरीको बिहे गर्दिन लागेका रहेछन्। पुजा पाठकले दमकसम्म ल्याईदिएको र त्यस पछि बच्चाहरु आफैँ महाभारा सम्म पुगेका रहेछन् । त्यहाँ उनीहरुलाई पहिलाको छिमेकीले सुरक्षित राखिदिएका रहेछन् । हामीले यी सबै कुरा बुझेपछि बच्चाहरु लग्ने कि नलग्ने भन्ने कुराको अन्योलमा पर्यौँ । त्यहाँको समाजले पनि हामीलाई बच्चा दिन मानिरहेको थिएन र बच्चाहरु पनि आफ्नो बुवाआमाले मार्छन् भन्दै थिए। हामीले जसो तसो बच्चा लिएर फक्र्यौ। गाउँ पुग्दा पुरा गाउँले हरुको हुल थियो । सबैले बच्चाहरु तिर औलाउँदै खुसी हुदैँ थिए । तर, बच्चा हराएको १८ दिनमा बच्चालाई सकुसल देख्दा आमाको मुहारमा हुनु पर्ने खुसी उनीहरुको अनुहारमा भने देखिएन् ।

उनले सानो छोरालाई तानेर धम्काउन थालिन् । सबै अचम्ममा परे कसैले बुझ्न सकेनन् के हुदैँ छ भनेर । पछि हामीले सबै कुरा गाँउकालाई सुनाएपछि सबै आक्रोसित भए । कसैले विश्वास गर्न सकेनन् यो सत्य हो भनेर ।

 

पुजा पाठकले सुरुमा नै सबै सत्य कुरा भन्देको भए यति सबैले यति धेरै दुख पाउनुपर्दैन थियो होला । र निर्दोष उनकी दिदी रितिकाले यति बेईज्जत र कुटाई सहनुपर्दैन थियो होला । पुजाले र पुरै गाउँले नै रितिकासँग माफ मागे र उनले पनि माफ दिईन् ।

 

बच्चाहरुलाई केही दिनसम्म स्थानीयले जिम्मा लिने र माहोल राम्रो भएपछि कुनै राम्रो आश्रममा दिने गाउँलेहरुले बताएका छन् ।

यो घटनाले के पुष्टी गर्छ भने आफ्नै बाबु र आमा आफ्ना सन्तानलाई बेच्न किन बाध्य हुन्छ ? यदी आर्थीक अभावकै कारण खान र लाउन दिनै नसक्ने हो भने त्यसकालागी अनेकन विकल्प छन् । सहयोगी सस्था छन् । स्थानीय सरकार छ । तर केहि लाख रुपैँयामा छोराछोरी बेच्न कुनै आमा बुबाको मनले कसरी मान्छ ? यो साँच्चैनै गम्भिर अवस्था हो । यस्तो अवस्थाको अन्त्यकालागी सबै सरोकारवाला सचेत हुनु पर्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी