चाडपर्वमा यात्रुलाई सहज बनाउन सरोकारवालाको बैठकद्धारा ६ बुँदे निर्णय

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सम्बन्धमा भने निर्णय गरेको छैन

काठमाडौँ,२९ भदौ । चाडपर्वका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्रालयमा भएको बैठकमा ती निर्णय गरिएका छन् । मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नाडा अटोमोवाइल्स एसोसिएसन लगायत सङ्घ संस्थाका प्रतिनिधि सहभागी भएका थिए ।

 

बैठकले चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सहज र सुरक्षित यात्राको व्यवस्था मिलाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका सरोकारवालाहरूलाई अनुरोध गर्ने निर्णय गरेको जनाएको छ ।

MOPIT

 

यात्रुको यात्रा सुरक्षित र सहज बनाउनुका साथै गुनासोहरूको तत्काल सम्बोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा एक उच्च स्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको छ। यस समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखाका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष लगायतका सरोकारवालाहरू रहने जनाइएको छ।

 

चाडपर्वका लागि उपत्यका छाड्ने सवारी साधनहरूको प्राविधिक जाँच गराउन र आवश्यकताअनुसार यात्रु सहायता कक्षहरू निर्माण गर्न नाडा लगायतका संस्थाहरूलाई अनुरोध गर्ने निर्णय समेत गरिएको जनाएको छ।

 

बैठकले आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन र कार्यालयहरूको यकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ।

 

ट्राफिक प्रहरीका लागि अत्यावश्यक सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद् लगायतबाट उपलब्ध गराउने तथा आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार लगायतका सामग्री सवारीसाधनमा ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने लगायतका निर्णयहरू पनि बैठकले गरेको जनाएको छ।

यद्यपि बैठकले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सम्बन्धमा भने निर्णय गरेको छैन । अघिल्ला वर्षहरूमा यातायात व्यवस्था विभागले सरोकारवालासँगको छलफलमा टिकट बुकिङको मिति तय गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

कागती खेती गर्ने किसान पलायन हुँदै

  पथरीशनिश्चरे, १२ कार्तिक | विगत ७ वर्षदेखि मोरङको पथरी शनिश्चरे वडा नं २ कालापानीमा सुरेन्द्र दाहालले व्यवसायिक रुपमा कागती खेती गर्दै आउनु भएको छ

नागरिकको सुरक्षार्थ भन्दै झापामा एमालेले बनायो २ सय जनाको यूथ फोर्स

दमक, १२ कार्तिक । जेन जि आन्दोलन पछिको परिस्थिति असामान्य बन्दै गएको र नागरिकमा डर र त्रास बढिरहेको नेकपा एमालेका केन्द्रिय सदस्य गोभिन्द थापाले बताउनु

दमकमा दुर्घटनाका कारण एकजनाको मृत्यू २१ जना घाईते

दमक, १२ कार्तिक । दमक नगरपालिका–२ पाङ्गिनी चोक नजिकको भित्री सडक खण्डमा आज राती करिबे बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने २१ जना घाइते

नौमती बाजामा फरक देउसी भैलो

‘अहिले देखिन छोडेको नौमती बाजा । त्यसमा देउसी खेल्नु औधी औधी राम्रो लाग्यो । यसैगरी अझै अघि बढ्नु पर्छ ।’

एसियन हाईवेमा जोखीम मोल्दै यात्रु, पाइलेपिच्छे दुर्घटनाको भय

दमक,११ कार्तिक । एसियन हाइवे , नाम नै गौरवको, तर यात्रुका लागि दुःखको पर्याय बनेको छ । लाखौँको सपना जोड्ने यो सडक अहिले आफैं यात्रुका