चाडपर्वमा यात्रुलाई सहज बनाउन सरोकारवालाको बैठकद्धारा ६ बुँदे निर्णय

दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सम्बन्धमा भने निर्णय गरेको छैन

काठमाडौँ,२९ भदौ । चाडपर्वका बेला यात्रुलाई सहजीकरण गर्ने सम्बन्धमा सरोकारवालाको बैठकमा ६ बुँदे निर्णय भएको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री मन्त्रालयमा भएको बैठकमा ती निर्णय गरिएका छन् । मन्त्रालयका सचिव केशव शर्माको उपस्थितिमा यातायात व्यवसायी, ट्राफिक प्रहरी, नाडा अटोमोवाइल्स एसोसिएसन लगायत सङ्घ संस्थाका प्रतिनिधि सहभागी भएका थिए ।

 

बैठकले चाडपर्वको समयमा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सहज र सुरक्षित यात्राको व्यवस्था मिलाउन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ लगायतका सरोकारवालाहरूलाई अनुरोध गर्ने निर्णय गरेको जनाएको छ ।

MOPIT

 

यात्रुको यात्रा सुरक्षित र सहज बनाउनुका साथै गुनासोहरूको तत्काल सम्बोधन गर्न यातायात व्यवस्था विभागका महानिर्देशकको संयोजकत्वमा एक उच्च स्तरीय यातायात व्यवस्थापन समिति गठन गर्ने निर्णय पनि भएको छ। यस समितिमा नेपाल प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा महाशाखाका प्रमुख, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष लगायतका सरोकारवालाहरू रहने जनाइएको छ।

 

चाडपर्वका लागि उपत्यका छाड्ने सवारी साधनहरूको प्राविधिक जाँच गराउन र आवश्यकताअनुसार यात्रु सहायता कक्षहरू निर्माण गर्न नाडा लगायतका संस्थाहरूलाई अनुरोध गर्ने निर्णय समेत गरिएको जनाएको छ।

 

बैठकले आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक सवारीसाधन र कार्यालयहरूको यकिन गरी उचित क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको छ।

 

ट्राफिक प्रहरीका लागि अत्यावश्यक सामग्री भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सडक सुरक्षा परिषद् लगायतबाट उपलब्ध गराउने तथा आन्दोलनका क्रममा लुटपाट गरिएका हतियार लगायतका सामग्री सवारीसाधनमा ओसारपसार हुन नपाउने गरी तत्काल सूचना जारी गर्ने लगायतका निर्णयहरू पनि बैठकले गरेको जनाएको छ।

यद्यपि बैठकले दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने सम्बन्धमा भने निर्णय गरेको छैन । अघिल्ला वर्षहरूमा यातायात व्यवस्था विभागले सरोकारवालासँगको छलफलमा टिकट बुकिङको मिति तय गर्दै आएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दमकमा मनाइएको साकेलामा देखियो यस्तो रौनकता

दमक,१८ वैशाख । आज साकेला पर्व देशभर बिभिन्न कार्यक्रम गर्दै मनाइएको छ । साकेला अर्थात उभौली पर्व प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने तथा बाली रोपाइंसंग सम्बन्धित

बुद्धको वचन किन तोडीदै

दमक,१८ वैशाख । बुद्ध जन्मेको देश नेपाल । यो वाक्य सुन्दा पनि विस्वभर रहेका नेपालीहरुको छाती गर्वले ढक्क फुल्ने गर्दछ । तर आज गौतम बुद्धको

कांग्रेसले अब ’नबोल्ने व्रत’ तोड्ने थापाको दाबी

काठमाडौं,१८ वैशाख । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्नु भएको छ । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र

काठमाडौं,१८ वैशाख । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने

सुन्य खन जोत प्रविधि

उर्लाबारी,१८ वैशाख । परम्परागत रूपमा खेत जोतेर खेती गर्दा लाग्ने समय, श्रम र लागतलाई चुनौती दिँदै बिना जोताई गरिएको खेतीमा उत्पादन राम्रो देखिएपछि कृषकहरू यसतर्फ

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

काठमाडौं,१८ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ श्रमिकको सम्मान हुन्छ त्यही समाज समृद्ध हुने बताउनु भएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा