सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणका काम अनिश्चितकालका लागि बन्द

काठमाडौँ,२९ भदौ । गत सोमबार र मंगलबार भएको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइ र वितरणका काम अनिश्चितकालका लागि बन्द भएको जनाएको छ।

 

यातायात व्यवस्था विभागले आइतबार सेवा अवरुद्ध भएको सूचना जारी गरेको हो। अर्को सूचना जारी नभएसम्मका लागि सवारीचालक अनुमतिपत्र छपाइ तथा वितरण लगायतका सूचना प्रविधिसम्बन्धी सम्पूर्ण प्रणाली तथा सेवा बन्द रहने विभागले जारी गरेको सूचनामा उल्लेख गरीएको छ।

 

विभागको संरचनामा तोडफोड, आगजनी तथा चोरी÷लुटपाटबाट इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन तथा सर्भरमा क्षति पुग्न गएकाले सवारीचालक अनुमतिपत्र तथा विद्युतीय सवारीसाधन दर्ता तथा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी सेवा अवरुद्ध हुन पुगेको विभागले जनाएको छ ।

 

यसैबीच विभागले जेनजी प्रदर्शनको क्रममा लुटपाट भएका सामग्री भेटेमा बुझाइदिन पनि सबैलाई अनुरोध गरेको छ।

कसैले यातायात विभाग, जि.खा.पा.नं. उल्लेख गरिएका सामान देखे, भेटाए, पाए कार्यालयका कर्मचारी वा नजिकको सुरक्षा निकायमा जानकारी दिई सार्वजनिक सम्पत्तिको संरक्षण अभियानमा सहयोग गर्न विभागले अनुरोध समेत गरेको छ । विभागका कम्प्युटर इन्जिनियर भानुभक्त जोशीका अनुसार विभागको सवारीसाधन, कम्प्युटर, प्रिन्टर, ल्यापटप, स्मार्ट टि.भी., छपाइ मेसिन, छपाइ भएका सवारीचालक अनुमतिपत्र (स्मार्ट कार्ड), सर्भरमा प्रयोग हुने हार्डडिस्कलगायतका सामान चोरी÷लुटपाट भएको जनाएको छ।

 

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले