भोटिङमा सबैभन्दा बढी मत पाउने व्यक्ति नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाउने

काठमाडौं,२९ भदौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकार विस्तारको तयारी गरेसँगै नयाँ मन्त्रीको नामहरू चर्चा हुन थालेको छ ।

 

तर जेन–जी पुस्ताले प्रधानमन्त्री सुशीला कार्कीलाई जस्तै मन्त्रीहरू पनि डिस्कोर्डजस्ता सामाजिक प्लेटफर्मको प्रयोग गरी खुला र पारदर्शी मतदानबाट छान्ने तयारी गरेका छन्।

भोटिङमा सबैभन्दा बढी मत पाउने व्यक्ति नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाउने उनीहरुको भनाइ रहेको छ।

 

यो प्रक्रियामा यदि स्वास्थ्य मन्त्रीका लागि पाँच जना उम्मेदवारहरू छनोट भए भने, तीमध्ये जसले सबैभन्दा बढी भोट पाउँछन्, उही स्वास्थ्य मन्त्री बन्नेछन्। यसअघि जेनजी समूहले प्रधानमन्त्रीको छनोट गर्दा पनि यही प्रकृया अपनाएको थियो।

 

नयाँ बनेको अन्तरिम सरकारमा स्वास्थ्य क्षेत्रकै विशेषज्ञ विज्ञहरूको चर्चा रहेको छ। जसमा चर्चित नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत, वरिष्ठ स्नायु रोग विशेषज्ञ तथा हाल काठमाडौं महानगरका मेयर बालेन शाहका स्वास्थ्य सल्लाहकार प्रा.डा जगदिश प्रसाद अग्रवाल, चिकित्सा शिक्षाको क्षेत्रमा अभियान्ताको रुपमा अघि बढ्दै आएका बरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसी, चर्चित वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला, स्त्री रोग विशेषज्ञ भोला रिजाल लगायतको नाम चर्चामा रहेको छ।

 

यसमध्ये डा. भोला रिजाललाई जेनजी समूहका केही युवाहरूले प्रस्तावसमेत लगि सकेको डा. रिजालले बताउनु भयो।

’केही युवाहरूबाट प्रस्ताव आएको छ सबैसँग सल्लाह गरेर अघि बढ्छु। अहिले देश अप्ठ्यारो परिस्थितिमा छ। यसको लागि हामी सबै मिलेर अघि बढ्नु पर्छ त्यसैले युवाहरूले विश्वास गरेर दिएको जिम्मेवारी लिन पछि हट्दिन’ डा रिजालले भन्नु भयो ।

यता केही जेनजी समूहले ५० वर्षभन्दा कम उमेरका स्वास्थ्य क्षेत्रमा लागेकालाई मन्त्री बनाउनु पर्ने आवाज पनि उठी रहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले