भोटिङमा सबैभन्दा बढी मत पाउने व्यक्ति नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाउने

काठमाडौं,२९ भदौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सरकार विस्तारको तयारी गरेसँगै नयाँ मन्त्रीको नामहरू चर्चा हुन थालेको छ ।

 

तर जेन–जी पुस्ताले प्रधानमन्त्री सुशीला कार्कीलाई जस्तै मन्त्रीहरू पनि डिस्कोर्डजस्ता सामाजिक प्लेटफर्मको प्रयोग गरी खुला र पारदर्शी मतदानबाट छान्ने तयारी गरेका छन्।

भोटिङमा सबैभन्दा बढी मत पाउने व्यक्ति नै सम्बन्धित मन्त्रालयको जिम्मेवारी पाउने उनीहरुको भनाइ रहेको छ।

 

यो प्रक्रियामा यदि स्वास्थ्य मन्त्रीका लागि पाँच जना उम्मेदवारहरू छनोट भए भने, तीमध्ये जसले सबैभन्दा बढी भोट पाउँछन्, उही स्वास्थ्य मन्त्री बन्नेछन्। यसअघि जेनजी समूहले प्रधानमन्त्रीको छनोट गर्दा पनि यही प्रकृया अपनाएको थियो।

 

नयाँ बनेको अन्तरिम सरकारमा स्वास्थ्य क्षेत्रकै विशेषज्ञ विज्ञहरूको चर्चा रहेको छ। जसमा चर्चित नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइत, वरिष्ठ स्नायु रोग विशेषज्ञ तथा हाल काठमाडौं महानगरका मेयर बालेन शाहका स्वास्थ्य सल्लाहकार प्रा.डा जगदिश प्रसाद अग्रवाल, चिकित्सा शिक्षाको क्षेत्रमा अभियान्ताको रुपमा अघि बढ्दै आएका बरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा गोविन्द केसी, चर्चित वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइराला, स्त्री रोग विशेषज्ञ भोला रिजाल लगायतको नाम चर्चामा रहेको छ।

 

यसमध्ये डा. भोला रिजाललाई जेनजी समूहका केही युवाहरूले प्रस्तावसमेत लगि सकेको डा. रिजालले बताउनु भयो।

’केही युवाहरूबाट प्रस्ताव आएको छ सबैसँग सल्लाह गरेर अघि बढ्छु। अहिले देश अप्ठ्यारो परिस्थितिमा छ। यसको लागि हामी सबै मिलेर अघि बढ्नु पर्छ त्यसैले युवाहरूले विश्वास गरेर दिएको जिम्मेवारी लिन पछि हट्दिन’ डा रिजालले भन्नु भयो ।

यता केही जेनजी समूहले ५० वर्षभन्दा कम उमेरका स्वास्थ्य क्षेत्रमा लागेकालाई मन्त्री बनाउनु पर्ने आवाज पनि उठी रहेको छ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

लेखक तिम्सिनालाई मरणोप्रान्त नगर श्रष्टा सम्मान प्रदान हुने

पथरी, २१ बैशाख / खोजमूलक पुस्तक लेखनका हिसाबले राष्ट्रिय चिनारी कायम गर्नुभएका मोरङ पथरी शनिश्चरेका दीपेन्द्रराज तिम्सिनालाई नगरको कला साहित्य प्रवद्र्धन समितिले मरणोप्रान्त नगर श्रष्टा

विराटनगर जुट मिलका कर्मचारीको आन्दोलन

विराटनगर, २१ वैशाख । नेपालको औद्योगिक इतिहास बोकेको ऐतिहासिक विराटनगर जुट मिल्स अहिले फेरि चर्चामा छ, तर उत्पादनका लागि होइन, आफ्नै कर्मचारीमाथि भएको चरम अन्यायका

१५९४ पदाधिकारी हट्दा पनि गभर्नर सुरक्षित: अध्यादेशले शक्तिशाली पद जोगायो

काठमान्डौं, २१ वैशाख । बालेन शाह नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ जारी गरेसँगै १,५९४ जना राजनीतिक नियुक्ति पाएका

मुख्यमन्त्री बानियाँको घरमा सम्पत्ति शुद्धीकरणको छापा!

हेटौंडा,२१ वैशाख । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ माथि सम्पत्ति शुद्धीकरण विभागले कडा निगरानी सुरु गरेको छ। सोमबार दिउँसो काठमाडौंबाट आएको विभागको विशेष टोलीले मुख्यमन्त्री

राष्ट्रपतिद्धारा थप तीन अध्यादेश जारी

काठमान्डौं, २१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले थप ३ वटा अध्यादेश जारी गर्नु भएको छ । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को

१८ विश्वविद्यालयको सिनेटबाट सङ्गठनहरू आउट!

काठमाडौँ,२१ वैशाख । मुलुकका १८ वटै विश्वविद्यालयमा अब एउटा नयाँ युगको सुरुवात भएको छ, तर यो परिवर्तनले विवादको ठूलो आँधी पनि निम्त्याएको छ। सरकारले ल्याएको