आयात निर्यातको काम सूचारु हुने

मेची उद्योग बाणिज्य संघको पहलमा भोलिदेखि भन्सार खुल्ने

व्यवसायी नेताहरुले बाणिज्य संघको पहलमा भन्सार कार्यालयलाई आवश्यक कम्प्यूटर, प्रिन्टर, पंखा, टेवल, कुर्सी लगायतका भौतिक सामाग्री व्यवस्थापन गरिदिने भएपछि सोमबरदेखि भन्सारमा जाँचपास गरिने र आयात निर्यात सूचारु हुने भएको छ ।

काँकरभिट्टा, २९ भदौ । जेनजी आन्दोलनका क्रममा तहसनहस भएको मेची भन्सार कार्यालयलाई मेची उद्योग बाणिज्य संघको पहलमा जुरुक्क उठाउने भएको छ ।

 

आइतबार मेची उद्योग बाणिज्य संघको टोलीले भन्सार कार्यालयमा प्रमुखलाई भेटेर समस्या सुनेपछि सोमबारदेखि भन्सारबाट आयात निर्यातको काम सूचारु हुने भएको हो ।

 

जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते प्रदर्शनकारीहरुले मेची भन्सार कार्यालय तोडफोड, आगजनी र गोदाममा राखिएको सामान लुटेर लगेका थिए ।

 

भन्सार कार्यालयबाट अहिलेसम्म कुनै सामान जाँचपास गरेर आयात निर्यात भएको थिएन ।

 

मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईको नेतृत्वमा गएको टोलीले भन्सार प्रमुख हरिहर पौडेललाई भेटेर भन्सार सूचारु गर्न अनुरोध गरेका थिए ।

 

भन्सार प्रमुख पौडेलले आगजनीका कारण विद्युतीय उपकरण, फर्निचर लगायतका सामान जलेर नष्ट भएपछि सूचारु गर्न गार्‍हो रहेको बताएका थिए ।

 

मेची उद्योग बाणिज्य संघका अध्यक्ष प्रसाई, वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्री, महासचिव दिनेश शाक्य, संस्थापक अध्यक्ष पन्नलाल जैन, पूर्व अध्यक्ष केशवराज पाण्डे, पूर्व वरिष्ठ उपाध्यक्ष मोहन निरौला, कार्यकारी प्रमुख गोपाल वस्नेत, कार्यसमितिका सदस्य सन्तोष खवास लगायत, नेपाल भेनियर उत्पादक संघका अध्यक्ष श्याम न्यौपाने, नेपाल अलैँची व्यवसायी महासंघका निवर्तमान अध्यक्ष निर्मल भट्टराई, उपाध्यक्ष नारायण चिमरिया, मेचीनगरका निवर्तमान मेयर विमल आचार्य लगायत व्यवसायीहरुले भन्सार सूचारु गर्न अनुरोध गरेका थिए ।

व्यवसायी नेताहरुले बाणिज्य संघको पहलमा भन्सार कार्यालयलाई आवश्यक कम्प्यूटर, प्रिन्टर, पंखा, टेवल, कुर्सी लगायतका भौतिक सामाग्री व्यवस्थापन गरिदिने भएपछि सोमबरदेखि भन्सारमा जाँचपास गरिने र आयात निर्यात सूचारु हुने भएको छ ।

 

बाणिज्य संघले अहिले भर्खरै एक विज्ञप्ति निकालेर सबै उद्योगी, व्यवसायी सुरक्षाकर्मीहरुलाई चाँडबाडहरु नजिकिएसँगै पहिलाको झै लयमा फर्किएर आफ्नो व्यवसाय सूचारु गर्न आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले