काठमाण्डौ,३० भदौ । नेपाल बीमा प्राधिकरणले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको छ ।
प्राधिकरणले सूचना निकालेर भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएका जनधनको क्षतिको बीमा दाबी गर्न आग्रह गरेको छ । बीमितहरूले बीमालेखको सर्त बमोजिम दाबी भुक्तानी पाइने कानुनी व्यवस्था भएकोले आवश्यक कागजात सहित सम्बन्धित बीमा कम्पनीमा बीमा दाबी गर्न प्राधिकरणले बीमितलाई आग्रह गरेको छ ।
बीमा कम्पनीले बीमालेखमा उल्लेखित अवधिभित्र बीमा दाबी भुक्तानी नगरेमा, दायित्व निर्धारण नगरेमा वा बीमितलाई र्माका पर्ने गरी दायित्व निर्धारण गरेमा सम्बन्धित बीमितले बीमा प्राधिकरणमा उजुरी गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।









