देशभरका१५३ ठाउँमा चाडपर्वलक्षित सहुलियत पसल खुल्ने

काठमाण्डौ,३० भदौ। सरकारले सोमबार देखि देशका एक सय ५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको छ ।

 

सहुलियत मूल्य पसलबाट प्रतिकिलो÷प्रतिलिटरमा पाँचदेखि १० रुपैयाँसम्म छुट हुने सरकारले बताएको छ । काठमाण्डौ उपत्यकाका थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक, दक्षिणकाली, गोदावरी र चाँगुनारायण नगरपालिकामा बिक्री कक्ष राखिने छ । उपत्यकामा ११ ठाउँमा र तीन मोबाइल भ्यानसहित गरी १४ ठाउँमा पसल सञ्चालन हुने छ ।

 

यस्तै काठमाण्डौ उपत्यकाबाहिर धनगढी, कैलालीको टिकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी, डोटीको दिपायल, सुर्खेतको वीरेन्द्रगनर, झापाको बिर्तामोड, मोरङको बिराटनगर, सप्तरीको राजविराज, सिरहाको लहान, धनुषाको जनकपुुर, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, चितवनको नारायणगढ, नुवाकोटको त्रिशुलीमा यस्तो सुपथ मूल्य पसल सञ्चालन हुने भएको छ ।

 

कास्कीको पोखरा, बाग्लुङको बाग्लुङ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, दाङको दाङ र डडेलधुराको डडेलधुरामा सुपथ मूल्य पसल सञ्चालन हुँदैछ । यस्तै बाजुरा, डोटी, बैतडी, सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, बझाङ, कञ्चनपुर, अछाम र दार्चुलामा पनि सुपथ मूल्य पसल सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गर्मी र तातो हावाको असरः स्वास्थ्यमा बढ्दो जोखिम

दमक,२१ वैशाख।नेपालमा पछिल्लो समय अत्यधिक गर्मी र तातो हावा (लू) का कारण जनजीवन निकै प्रभावित हुन थालेको छ। विशेषगरी मधेस प्रदेश र तराईका जिल्लाहरूमा तापक्रम

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ, २१ वैशाख । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज

सीमामा सुनसान, तस्करीलाई वरदान? किन खुल्दैनन् मेचीका ५ छोटी भन्सार?

झापा,२१ वैशाख । सीमा सुरक्षा र राजस्व संकलनका लागि स्थापना गरिएका भन्सार कार्यालयहरू नै बेवारिसे बने भने के होला? कोशी प्रदेशको प्रमुख नाका मेची भन्सार

संवैधानिक परिषद् अध्यादेश पुनः जारी गर्न सरकारको सिफारिस

काठमान्डौं ,२१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई सरकारले पुनः अघि बढाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश

पोखराबाट बच्चालाई प्रलोभन देखाएर मुन्द्रा चोरी गर्ने महिला पक्राउ

पोखरा,२१ वैशाख । बालबालिकाहरूलाई ललाईफकाई गरी कानको मुन्द्रा चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा

नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नभएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ,२१ वैशाख । काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई उठिबास लगाउने