जेनजीको प्रदर्शनका क्रममा मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गरिने

काठमाडौँ,३० भदौ । जेनजीको प्रदर्शनका क्रममा मृतकहरूको राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गरिने भएको छ ।

 

नवनियुक्त गृहमन्त्री तथा कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालले पदभार ग्रहण गर्दै प्रदर्शनका क्रममा निधन भएकाहरूलाई सहिद घोषणा गर्दै राष्ट्रिय सम्मान सहित अन्त्येष्टि हुने बताँउनु भएको छ ।

 

आन्दोलनका क्रममा घाइते भएकाहरुको राज्यले निःशुल्क उपचार गर्ने र पीडित पक्षको माग सम्बोधन गरिने मन्त्री अर्यालले बताउनु भयो । आन्दोलनका क्रममा गल्ती गर्नेले गल्ती महसुस गर्नुपर्ने र उद्दण्डता मच्चाउनेलाई नागरिक स्तरबाट प्रमाण जुटाएर कारबाही गरिने मन्त्री अर्यालको भनाई छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

बुढीगंगा नगरपालिकाले पायो नयाँ प्रशासकीय अधिकृत

बाजुरा,२३ वैशाख । करिब पाँच महिना देखि प्रशासकीय अधिकृत विहीन बनेको बाजुराको बुढीगंगा नगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत तारादत्त भट्टलाई खटाएको छ ।

रिलायन्स स्पिनिङ्ग मिल्सको नाफामा १७.७ प्रतिशतको गिरावट

काठमाडौं,२३ वैशाख । नेपालको सबैभन्दा ठूलो धागो उत्पादक कम्पनी रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।

सजल खड्का एनएमबि लघुवित्तको सीईओमा नियुक्त

काठमाडौं,२३ वैशाख । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सजल खड्का नियुक्त हुनु भएको छ । कम्पनीले वैशाख २२ गते बसेको

पशुपति क्षेत्रका सडक आश्रितको व्यवस्थापनका लागि ’होर्डिङ सेन्टर’ सञ्चालनमा

काठमाडौं,२३ वैशाख । काठमाडौंको पशुपति क्षेत्रबाट उद्धार गरिएका सडक सहयोगापेक्षीहरुको वास्तविकता पहिचान गर्न होर्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । काठमाडौं महानगरपालिका, पशुपति क्षेत्र विकास कोष

स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने रास्वपाको निर्णय

काठमाडौं,२३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको स्वास्थ्य विभागलाई केन्द्रदेखि पालिकासम्म विस्तार गर्ने जनाएको छ ।   स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा.तोसिमा कार्कीले सामाजिक