ठप्प बनेको काँकडभिट्टा नाका आज देखि सञ्चालनमा

झापा,३० भदौ । जेनजी पुस्ता समूहको आन्दोलन पश्चात् ठप्प बनेको पूर्वी नेपालको काँकडभिट्टा नाका सोमबार देखि सञ्चालनमा आएको छ । भदौ २४ गतेदेखि पैदल आउजाउ समेत बन्द गरिएको नाकामा भर्खरै केही बेर अघि सञ्चालनमा आएको बताइएको छ । ६ दिनसम्म नाका ठप्प हुँदा दुवै देशका नागरिकले सास्ती खेप्नु परेको थियो ।

 

नेपालमा भएको हिंसात्मक प्रदर्शनको क्रममा भारतीय एसएसबीले सीमा नाका बन्द गराएका थिए । एसएसबीले नाका खुलाए पनि अझै परिस्थित भने सामान्य बनेको छैन ।

 

भारतीय निजी गाडीहरू भने नेपाल आउन पाएको छैन । भन्सारमा यात्रु शाखा जलेर ध्वस्त भएपछि गाडीको हकमा त्यो समस्या उत्पन्न भएको छ । यता भद्रपुर नाका भने शुक्रवारबाटै सञ्चालनमा आए पनि एसएसबीले परिचय पत्र हेरेर नाम टिप्न थालेपछि जनताले सास्ती झेल्नु परिरहेको जानकारी पाइएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गर्मी र तातो हावाको असरः स्वास्थ्यमा बढ्दो जोखिम

दमक,२१ वैशाख।नेपालमा पछिल्लो समय अत्यधिक गर्मी र तातो हावा (लू) का कारण जनजीवन निकै प्रभावित हुन थालेको छ। विशेषगरी मधेस प्रदेश र तराईका जिल्लाहरूमा तापक्रम

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ, २१ वैशाख । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज

सीमामा सुनसान, तस्करीलाई वरदान? किन खुल्दैनन् मेचीका ५ छोटी भन्सार?

झापा,२१ वैशाख । सीमा सुरक्षा र राजस्व संकलनका लागि स्थापना गरिएका भन्सार कार्यालयहरू नै बेवारिसे बने भने के होला? कोशी प्रदेशको प्रमुख नाका मेची भन्सार

संवैधानिक परिषद् अध्यादेश पुनः जारी गर्न सरकारको सिफारिस

काठमान्डौं ,२१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई सरकारले पुनः अघि बढाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश

पोखराबाट बच्चालाई प्रलोभन देखाएर मुन्द्रा चोरी गर्ने महिला पक्राउ

पोखरा,२१ वैशाख । बालबालिकाहरूलाई ललाईफकाई गरी कानको मुन्द्रा चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा

नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नभएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ,२१ वैशाख । काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई उठिबास लगाउने