विराटनगरको भाटभटेनीमा जलेको अवस्थामा शव फेला

विराटनगर,३० भदौ । विराटनगर स्थित भाटभटेनी सुपरमार्केटको भवनमा जलेको अवस्थामा शव फेला परेको छ । सोमबार दिउँसो भाटभटेनीको दोस्रो तल्लामा पूर्ण रुपमा जलेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीले बताएको छ ।

 

प्रहरीका अनुसार, हालै देशव्यापी रुपमा चर्किएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले भाटभटेनीमा आगजनी गरेका थिए । सोही क्रममा लुटपाट गर्न सुपरमार्केट भित्र पसेका व्यक्तिको जलेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

 

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपीला चुडालले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का तयार पारेको जानकारी दिइनु भयो । ‘शव पूर्ण रुपमा जलेको अवस्थामा छ, पहिचान गर्न कठिन छ,’ उहाँले भन्नु भयो,‘हामीले शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल पठाएका छौं र घटनाको थप अनुसन्धान गरिरहेका छौं ।’

 

सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको जेनजी आन्दोलनले २४ गते उग्ररुप लिएपछि कोशी प्रदेशका विभिन्न स्थानमा रहेका भाटभटेनीका शाखाहरुमा तोडफोड र आगजनी भएको थियो । विराटनगरको भाटभटेनीमा प्रदर्शनकारीको एक समूहले एटिएम तोडफोड गर्ने प्रयास असफल भएपछि आगजनी गरेको जानकारी पाइएको छ ।

 

ऋागजनि पछि लुटपाट भएको थियो । आगोले सुपरमार्केट पूर्ण रुपमा जलेर नष्ट भएको थियो । आगजनीकै क्रममा अन्य व्यक्तिहरु पनि हराइ रहेको हुनसक्ने आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको बताएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले