जेनजी आन्दोलन

झापाका १३ स्थानीय तह र सयौ वडा कार्यालयमा क्षति, घटनाबारे छानविन समिति बनाउन जनप्रतिनिधिहरूकाे एकमत

प्रदर्शनमा घुसपैठ भई गोली चलेको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरी निष्पक्ष छानविनकागि छानविन आयोग गठन गर्न समेत माग

दमक, ३० भदौ । झापा जिल्लामा भएको जेन जि आन्दोलनका क्रममा विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति भएको छ। सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खोल्नुपर्ने मागसहित सुरु गरिएको आन्दोलन हिंसात्मक बन्दा प्राणघातक घटना घटेको थियो ।

 

जिल्लाभरीका सरकारी कार्यालय, प्रहरी कार्यालय, १५ वटा मध्ये १३ वटा पालिकाको कार्यालयहरुमा पूर्ण क्षती भएको र सयौ वार्ड कार्यालयहरु क्षती भएको जिल्ला समन्वय समिती झापाले जनाएको छ ।

 

जिल्लामा प्रदेशसभा सदस्य होमबहादुर थापा , दमक नगरपालिका मेयर राम थापा तथा उपमेयर रेगिना प्रसाई , दमक वडा नं . १ का वडाघ्यक्ष हरिप्रसाद न्यौपाने , ३ नं . डाध्यक्ष नविन वराल, मेचिनगरमा संघीय सांसद विश्वप्रकाश शर्मा , कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ , प्रदेश सदस्य श्रीप्रसाद मैनाली , उमेयर मिना उप्रेती , मेयर गोपालचन्द्र बुढाथोकी , मेचीरीनगर वडा नं . १२ का वडाध्यक्ष मधु निरौलाको घर आगजनी, तोडफोड र लुटपाट गरी ठूलो क्षति पुर्याइएको समितीले जनाएको छ ।

 

यस्तै गौरादहमा मुख्यमन्त्री हिक्मतकुमार कार्की , गौरादहका मेयर छत्रपति सुवेदी तथा उपमेयर जलबर्षा राजवंशी वडा नं . २ का वडाध्यक्ष गोपाल कोइराला , वडा नं . ३ का वडाध्यक्ष दिलीप भण्डारी वडा नं . ७ का वडाध्यक्ष बलराम खरेलको घर आगजनी , तोडफोड र लुटपाट गरी ठूलो क्षति पुर्याएको जनाइएको छ ।

 

समितीमा हिजो भएको १५ वटै पालिकाका जनप्रतिनिधीहरुको भेलाले मृतकका परिवार र घाइतेहरुलाई क्षतिपूर्ति , राहत र उपचारको व्यवस्थाका लागि राज्यसँग माग गरेको छ भने प्रदर्शनमा घुसपैठ भई गोली चलेको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरी निष्पक्ष छानविनकागि छानविन आयोग गठन गर्न समेत माग गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गर्मी र तातो हावाको असरः स्वास्थ्यमा बढ्दो जोखिम

दमक,२१ वैशाख।नेपालमा पछिल्लो समय अत्यधिक गर्मी र तातो हावा (लू) का कारण जनजीवन निकै प्रभावित हुन थालेको छ। विशेषगरी मधेस प्रदेश र तराईका जिल्लाहरूमा तापक्रम

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ, २१ वैशाख । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज

सीमामा सुनसान, तस्करीलाई वरदान? किन खुल्दैनन् मेचीका ५ छोटी भन्सार?

झापा,२१ वैशाख । सीमा सुरक्षा र राजस्व संकलनका लागि स्थापना गरिएका भन्सार कार्यालयहरू नै बेवारिसे बने भने के होला? कोशी प्रदेशको प्रमुख नाका मेची भन्सार

संवैधानिक परिषद् अध्यादेश पुनः जारी गर्न सरकारको सिफारिस

काठमान्डौं ,२१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई सरकारले पुनः अघि बढाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश

पोखराबाट बच्चालाई प्रलोभन देखाएर मुन्द्रा चोरी गर्ने महिला पक्राउ

पोखरा,२१ वैशाख । बालबालिकाहरूलाई ललाईफकाई गरी कानको मुन्द्रा चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा

नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नभएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ,२१ वैशाख । काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई उठिबास लगाउने