जेनजी आन्दोलन

झापाका १३ स्थानीय तह र सयौ वडा कार्यालयमा क्षति, घटनाबारे छानविन समिति बनाउन जनप्रतिनिधिहरूकाे एकमत

प्रदर्शनमा घुसपैठ भई गोली चलेको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरी निष्पक्ष छानविनकागि छानविन आयोग गठन गर्न समेत माग

दमक, ३० भदौ । झापा जिल्लामा भएको जेन जि आन्दोलनका क्रममा विभिन्न स्थानीय तहमा ठूलो जनधनको क्षति भएको छ। सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खोल्नुपर्ने मागसहित सुरु गरिएको आन्दोलन हिंसात्मक बन्दा प्राणघातक घटना घटेको थियो ।

 

जिल्लाभरीका सरकारी कार्यालय, प्रहरी कार्यालय, १५ वटा मध्ये १३ वटा पालिकाको कार्यालयहरुमा पूर्ण क्षती भएको र सयौ वार्ड कार्यालयहरु क्षती भएको जिल्ला समन्वय समिती झापाले जनाएको छ ।

 

जिल्लामा प्रदेशसभा सदस्य होमबहादुर थापा , दमक नगरपालिका मेयर राम थापा तथा उपमेयर रेगिना प्रसाई , दमक वडा नं . १ का वडाघ्यक्ष हरिप्रसाद न्यौपाने , ३ नं . डाध्यक्ष नविन वराल, मेचिनगरमा संघीय सांसद विश्वप्रकाश शर्मा , कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ , प्रदेश सदस्य श्रीप्रसाद मैनाली , उमेयर मिना उप्रेती , मेयर गोपालचन्द्र बुढाथोकी , मेचीरीनगर वडा नं . १२ का वडाध्यक्ष मधु निरौलाको घर आगजनी, तोडफोड र लुटपाट गरी ठूलो क्षति पुर्याइएको समितीले जनाएको छ ।

 

यस्तै गौरादहमा मुख्यमन्त्री हिक्मतकुमार कार्की , गौरादहका मेयर छत्रपति सुवेदी तथा उपमेयर जलबर्षा राजवंशी वडा नं . २ का वडाध्यक्ष गोपाल कोइराला , वडा नं . ३ का वडाध्यक्ष दिलीप भण्डारी वडा नं . ७ का वडाध्यक्ष बलराम खरेलको घर आगजनी , तोडफोड र लुटपाट गरी ठूलो क्षति पुर्याएको जनाइएको छ ।

 

समितीमा हिजो भएको १५ वटै पालिकाका जनप्रतिनिधीहरुको भेलाले मृतकका परिवार र घाइतेहरुलाई क्षतिपूर्ति , राहत र उपचारको व्यवस्थाका लागि राज्यसँग माग गरेको छ भने प्रदर्शनमा घुसपैठ भई गोली चलेको घटनाको सिसिटिभी फुटेज सार्वजनिक गरी निष्पक्ष छानविनकागि छानविन आयोग गठन गर्न समेत माग गरिएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले