भाडाको घरमा आगजनी

केपी ओलीको भन्दै जलाइएको घर अर्कैको परेपछि….

घटनाबारे छनविन गर्नुपर्ने एमालेले माग गरेको छ ।

दमक, ३० भदौ । गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । यस मध्ये २४ गते चाहि तोडफोड र अगाजानीका घटना भएका थीए । देशभर भएको प्रदर्शनका कारण झापाको दमकमा पनि विभिन्न सार्वजनिक तथा व्यक्तिगत सम्पत्तीमा पन प्रदर्शनकारीहरुले क्षती पुर्याएका थीए । त्यस दिनको क्षतीको अवस्था कस्तो छ भनेर आज दमकका दुई ठाउँमा स्थलगत अनुगमन गरियो । नेकपा एमाले र पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको दमक ९ स्थित अस्थाई घरमा ।

 

 

दमकका २१ वटा सार्वजनीक तथा निजी सम्पत्तीमाथी प्रदर्शनकारीहरुले तोडफोड र आगाजानी गरे । यसमध्ये दमक ९ मा रहेका पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको अस्थाई घरमा समेत थियो । ओलीकै घर हो भनेर प्रहार गरिएको यो घर बास्तावमा भाडामा रहेको थियो । तर यो घर अहिले बस्न त के पस्न पनि लायकको छैन । घरका सबै संरचना तथा सामान जलेर खरानी भएका छन् ।

 

 

आगोको रापका कारण घरको भौतीक संरचना समेत कमसल बनेको छ । चुनावको समयमा केपि ओलीको सम्पर्क र भेटघाट तथा अन्य चुनावी गतिविधि गर्नकालागी भनेर यो घर भाडामा लिइएको थियो । चुनाव पछि यसको प्रयोजन सकिएको थियो । तर घर धनी नेपाल बाहिर रहेकोले प्रधानमन्त्रीज्यू बस्दै गर्नुहोस हामी आएपछि लिउँला भनेर धरधनीले छाडेका थीए । तर अहिले यो घर ओलीकै हो भनेर प्रदर्शनकारीहरुले आगो लगाएर जलाए ।

 

 

भीत्र पसेर सबै तोडफोड पनि गरे । चुनावका बेला ओलीको निकट रहेर काम गर्नु भएका यही क्षेत्रका प्रदेश सांसद होम थापा भन्नु हुन्छ अव हामी धरधनीलाई के जवाफ दिनु ? घरको यस्तो हालत बनाइएको छ । उहाँले यसरी व्यक्तिगत तथा अन्य सार्वजिनक सम्पत्तीमा समेत तोडफोड र आगजानी गर्नेहरुलाई कार्वाहिको माग गर्नु भएको छ ।

 

यता नेकपा एमालेको पार्टि कार्यालयपनि भुगोलमा रहेका नेता तथा कार्यकर्ताहरुले निरिक्षण गरेका छन्। यहाँ रहेका सयौ कुर्सी, टेवल तथा बिभिन्न अभिलेख समेत समेत जलेर नष्ट भएको नेकपा एमाले दमकका अध्यक्ष राम पौडेलले जानकारी दिनुभयो ।

 

दमकमा २४ गते भएको प्रदर्शनमा आन्दोलनकारीहरुले माओवाली केन्द्र, नेपाली काग्रेसको पार्टि कार्यालय साथै, माओवादी नेता रेवत राज पुरी गगन, एमाले नेता होम बहादुर थापा, रोमनाथ ओली, देवेन्द्र दाहाल, गोविन्द थापा लगायतको घरमा तोफोड गरेका थीए ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गर्मी र तातो हावाको असरः स्वास्थ्यमा बढ्दो जोखिम

दमक,२१ वैशाख।नेपालमा पछिल्लो समय अत्यधिक गर्मी र तातो हावा (लू) का कारण जनजीवन निकै प्रभावित हुन थालेको छ। विशेषगरी मधेस प्रदेश र तराईका जिल्लाहरूमा तापक्रम

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ, २१ वैशाख । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज

सीमामा सुनसान, तस्करीलाई वरदान? किन खुल्दैनन् मेचीका ५ छोटी भन्सार?

झापा,२१ वैशाख । सीमा सुरक्षा र राजस्व संकलनका लागि स्थापना गरिएका भन्सार कार्यालयहरू नै बेवारिसे बने भने के होला? कोशी प्रदेशको प्रमुख नाका मेची भन्सार

संवैधानिक परिषद् अध्यादेश पुनः जारी गर्न सरकारको सिफारिस

काठमान्डौं ,२१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई सरकारले पुनः अघि बढाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश

पोखराबाट बच्चालाई प्रलोभन देखाएर मुन्द्रा चोरी गर्ने महिला पक्राउ

पोखरा,२१ वैशाख । बालबालिकाहरूलाई ललाईफकाई गरी कानको मुन्द्रा चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा

नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नभएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ,२१ वैशाख । काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई उठिबास लगाउने