दमक, ३१ भदौ । भदौ २३ र २४ गते भएको प्रदर्शनलाई लिएर दमकका उद्योगी व्यवसायीहरुले ‘ जेनजीको आवरणमा उद्दण्डहरुले देश ध्वस्त पारेको’ निश्कर्ष निकालेका छन् ।
दमकका उद्योगी प्रमे पाण्डेले उज्यालो खवरसग कुरा गर्दै भन्नु भयो जेनजीको आन्दोलन पवित्र थियो तर त्यसभीत्रको खुसपेठले देश ध्वस्त भयो , उद्योगी व्यवसायीहरुलाई समेत निसाना बनाइयो जुन निन्दनीय छ । दुख लाग्दो छ । ’
नेपालका ठुला व्यापारी घरानालाई ताकी ताकी प्रहार गर्नु भनेको यहाँ उतपादन भएका नेपाली उत्पादन र आन्तरीक रोजगारमा नै असर पार्नु रहेको उहाँको निर्ष्कण छ ।
अहिले हजारौ श्रमीक काम बिहिन भएको र फेरी उठ्न समय लाग्ने उहाँले चिन्ता पनि व्यक्त गर्नु भएको छ । विभिन्न स्थानमा रहेका भन्सार कार्यालयहरुम लगाइएको आगोसगै कार्यालयमात्रै ध्वस्त भएका छैनन ।
त्यहाँ आएका व्यापारीका बिभिन्न सामान पनि भन्सारमा रहेको र ती सामान पनि जलेको हुनालो त्यसबाट ठुलो क्षती भएको पनि उहाँले उल्लेख गर्नु भयो ।
भदौ २३ र २४ गते देशव्यापी रुपमा जेनजी उमेर समुहको आन्दोलन भयो । अहिलेसम्म यही प्रदर्शमा परी ७२ जनाको मृत्यू भइसकेको छ भने खर्वौ मुल्य बराबरको भौतिक क्षति भएको विवरणहरु आइरहेका छन् ।









