प्रतिनिधिसभाको चुनावका लागि बजेटको स्रोत खोज्न ३ सदस्यीय कार्यदल गठन

काठमाण्डौ,३१ भदौ । जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण र आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको चुनावका लागि बजेटको स्रोत खोज्न अर्थ मन्त्रालयले तीन सदस्यीय कार्यदल गठन गरेको जनाएको छ ।

 

बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाल, वैदेशिक सहायता समन्वय महाशाखा प्रमुख धनी राम शर्मा र राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्री कार्यदलमा हुनुहुन्छ ।

 

अर्थ मन्त्रालयका प्रवक्ता टङ्क प्रसाद पाण्डेयका अनुसार अहिलेको बजेटमा परेका केही योजना र कार्यक्रम कटौती गरेर कसरी स्रोत व्यवस्थापन गर्न सकिन्छ भनेर आन्तरिक अध्ययनका लागि कार्यदल गठन भएको छ ।

 

चुनाव र पुन र्निर्माणका लागि केही बजेट चाहिन्छ, त्यसका लागि स्रोत जुटाउन अहिलेकै बजेट भित्र रहेर कसरी व्यवस्थापन गर्न सकिन्छ र सम्भावनाका क्षेत्र कुन–कुन छन् भनेर अध्ययन गर्नका लागि कार्यदल बनाइएको प्रवक्ता पाण्डेयले बताउनु भएको छ । बजेटमा परेका केही आयोजना तथा कार्यक्रम कटौती गर्नुपर्ने अवस्था आउन सक्ने पनि उहाँले बताँउनु भयो । त्यसको प्राथमिकता निर्धारण गर्ने कार्याधिकार कार्यदलले पाएको छ ।

 

सोमबार कार्यभार सम्हाल्दै नवनियुक्त अर्थमन्त्री रामेश्वर प्रसाद खनालले चालू आर्थिक वर्ष २०८२÷८३ को बजेटमा राजनीतिक दबावमा बजेटमा परेका, पूर्वतयारी नसकिएका, टुक्रे योजना तथा कार्यक्रम कटौती गरिने बताउनुभएकोे छ ।

 

सरकारले पूरक बजेट नल्याउने र अहिलेको बजेटमा परेका योजना तथा कार्यक्रम कटौतीबाटै पुनर्निर्माण र चुनावका लागि झन्डै १ खर्ब रुपैयाँ बराबर स्रोत जुटाउन सकिने अर्थमन्त्री खनालले बताँउनु भयो।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गर्मी र तातो हावाको असरः स्वास्थ्यमा बढ्दो जोखिम

दमक,२१ वैशाख।नेपालमा पछिल्लो समय अत्यधिक गर्मी र तातो हावा (लू) का कारण जनजीवन निकै प्रभावित हुन थालेको छ। विशेषगरी मधेस प्रदेश र तराईका जिल्लाहरूमा तापक्रम

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ, २१ वैशाख । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज

सीमामा सुनसान, तस्करीलाई वरदान? किन खुल्दैनन् मेचीका ५ छोटी भन्सार?

झापा,२१ वैशाख । सीमा सुरक्षा र राजस्व संकलनका लागि स्थापना गरिएका भन्सार कार्यालयहरू नै बेवारिसे बने भने के होला? कोशी प्रदेशको प्रमुख नाका मेची भन्सार

संवैधानिक परिषद् अध्यादेश पुनः जारी गर्न सरकारको सिफारिस

काठमान्डौं ,२१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई सरकारले पुनः अघि बढाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश

पोखराबाट बच्चालाई प्रलोभन देखाएर मुन्द्रा चोरी गर्ने महिला पक्राउ

पोखरा,२१ वैशाख । बालबालिकाहरूलाई ललाईफकाई गरी कानको मुन्द्रा चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा

नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नभएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ,२१ वैशाख । काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई उठिबास लगाउने