काठमाडौं,३१ भदौ । जेन–जी आन्दोलनमा मारिएकाहरूको मंगलबार शवयात्रा भएको छ।
जेन–जी प्रदर्शनका क्रममा गत भदौ २३ गते प्रहरीको गोली लागि मारिएकाहरूको शवयात्रा गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा पोष्टमर्टपछि मृतकका आफन्तलाई शव हस्तान्तरण गरिएको थियो।
त्रिवि शिक्षण अस्पतालबाट शवयात्रासहित मंगलबार पशुपतिस्थिति आर्यघाट पु¥याएर मृतकरूको अन्त्येष्टि गरिएको छ ।
शवयात्रामा ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालसमेत सहभागी हुनु भएको थियो । उहाँहरूले राष्ट्रिय झन्डा ओढाँउनु भयो । मृतकहरूलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्नु भएको थियो ।
शवयात्राका क्रममा मृतकका आफन्त शोकविह्वल देखिन्थे। शवयात्रामा सरिक भएकाहरू पनि भावविह्वल बनेका थिए।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले जेन–जी प्रदर्शनमा मारिएकाहरूलाई शहीद घोषणा गर्ने र राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र मृतक परिवारलाई खर्च समेत गरी १५ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको थियो।
असोज १ गते राष्ट्रिय शोक दिवसको घोषणा गर्दै सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।
मंगलबार मृतकहरूको शवयात्रा गरिएको छ ।









