चन्दा कि धन्दा ?!

दमकका मेयर थापाकाे घर राप्रपाका नेता कार्यकर्ता र सर्वसाधारणबाट चन्दा उठाएर बनाइने

दमक, ३१ भदौ । जेन जी आन्दोलनका क्रममा दमकका मेयर राम कुमार थापाको घर जलेर खरानी भयो । भदौ २४ गते साँझको समयमा जेन जीको नामबाट एउटा उद्धण्ड व्यक्तिहरुको समुहले मेयर थापाको घर भित्र पसेर लुटपाट सहित बस्नै नहुने गरी जलाइ दिएका थीए । तीन दशक अघी बनेको यो घर थापा परिवारको इतिहाँस थियो । उहाँले मेयर भएर पदको दुरुपयोग गरेर कमाएर बनाएको घर पनि थीएन । तर जेन जी आन्दोलनको संज्ञा दिएर एउटा स्वार्थी समुहले उहाँको घरमा अगजानीका साथै डकैती पनि गरेको उहाँले यस अघीनै बताइसक्नु भएको छ । यो घरमा उहाँका छोरा बुहारी र मेयर थापा सहित उहाँकी श्रीमती बस्दै आउनु भएको थियो । तर अहिले घर जलेपछि छोरा बुहारी ससुरालीमा र मेयर थापा आफ्नो भाईकोमा शरण लिएर बसी रहनु भएको छ ।

दमक नगरबासीको अभिभावक यसरी घर बिहिन भएपछि उहाँको पार्टि राष्ट्रिय स्वतन्त्र पार्टिका बिभिन्न पदमा रहेका पदाधिकारी, कार्यकर्ता, तथा सुभचिन्तकको सहयोगमा उहाँको घर बनाइदिन भन्दै समिती घोषणा गरीएको छ ।
मंगलबार मेयर थापाको जलेको घरमा राप्रपाका झापा अध्यक्ष केशव ओझा सहितको उपस्थितीमा राम थापाको घर पूःन निर्माण समिती घोषणा गरिएको छ । जसको संयोजकमा दमक नगरपालिका वाडं ७ का वार्ड अध्यक्ष तथा राप्रपा क्षेत्र नं ५ का अध्यक्ष भीम पौडेल रहनु भएको छ । समितीको पदाधिकारीहरुमा राप्रपाका नेताहरु उद्योग वाणिज्य संघ दमकका बरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, राप्रपा वार्ड नं १ का वार्ड अध्यक्ष अम्बर कुमाल लगायत रहनु भएको छ । अव यो समितीको नाममा खाता खोल्ने र सोहि खातामा रकम जम्मा गरेर मेयर थापाको घर बनाइदिने समितीका संयोजक पौडेलले घोषणा गर्नु भयो ।

 

यसरी पार्टिका नेता , कार्यकर्ता तथा सुभचिन्तकले घर बनाइ दिने भनेर कोषको घोषणा गरेपछि मेयर थापाले त्यसलाई स्विकार गर्नु भएको छ । निकै दुख र संघर्षबाट बनाइएको यो घर जेन जीको नाम दिएर अपराधीक मानसिकता राख्नेहरुले जलाइ दिएको बताउँदै उहाँले भन्नु भयो मेरो घर बनाउने नाममा जुटेको रकम मेरो घर बनाइ दिएर बच्यो भने बिप्पन्न तथा अन्य अशक्तहरुलाई सहयोग गरिदिनु। ’

राप्रपा कोशी प्रदेशका अध्यक्ष समेत रहनु भएका थापा पाँचथरबाट दमक आउनु भएको हो । पाँच दशक भन्दा बढि समय देखी दमकमा बस्दै आउनु भएका उहाँले आफ्नो जीवन सामाजीक योगदानमा मात्रै खर्चीनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

गर्मी र तातो हावाको असरः स्वास्थ्यमा बढ्दो जोखिम

दमक,२१ वैशाख।नेपालमा पछिल्लो समय अत्यधिक गर्मी र तातो हावा (लू) का कारण जनजीवन निकै प्रभावित हुन थालेको छ। विशेषगरी मधेस प्रदेश र तराईका जिल्लाहरूमा तापक्रम

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ, २१ वैशाख । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज

सीमामा सुनसान, तस्करीलाई वरदान? किन खुल्दैनन् मेचीका ५ छोटी भन्सार?

झापा,२१ वैशाख । सीमा सुरक्षा र राजस्व संकलनका लागि स्थापना गरिएका भन्सार कार्यालयहरू नै बेवारिसे बने भने के होला? कोशी प्रदेशको प्रमुख नाका मेची भन्सार

संवैधानिक परिषद् अध्यादेश पुनः जारी गर्न सरकारको सिफारिस

काठमान्डौं ,२१ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका लागि फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई सरकारले पुनः अघि बढाएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश

पोखराबाट बच्चालाई प्रलोभन देखाएर मुन्द्रा चोरी गर्ने महिला पक्राउ

पोखरा,२१ वैशाख । बालबालिकाहरूलाई ललाईफकाई गरी कानको मुन्द्रा चोरी गर्ने महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका वडा

नागरिकलाई उठिबास लगाउने सरकारको कुनै मनसाय नभएको प्रधानमन्त्रीको दाबी

काठमाडौँ,२१ वैशाख । काठमाडौँ उपत्यका नदी किनार तथा सरकारी जग्गामा बसेका सुकुम्बासी बस्ती हटाउँदा त्रास फैलिरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नागरिकलाई उठिबास लगाउने