चन्दा कि धन्दा ?!

दमकका मेयर थापाकाे घर राप्रपाका नेता कार्यकर्ता र सर्वसाधारणबाट चन्दा उठाएर बनाइने

दमक, ३१ भदौ । जेन जी आन्दोलनका क्रममा दमकका मेयर राम कुमार थापाको घर जलेर खरानी भयो । भदौ २४ गते साँझको समयमा जेन जीको नामबाट एउटा उद्धण्ड व्यक्तिहरुको समुहले मेयर थापाको घर भित्र पसेर लुटपाट सहित बस्नै नहुने गरी जलाइ दिएका थीए । तीन दशक अघी बनेको यो घर थापा परिवारको इतिहाँस थियो । उहाँले मेयर भएर पदको दुरुपयोग गरेर कमाएर बनाएको घर पनि थीएन । तर जेन जी आन्दोलनको संज्ञा दिएर एउटा स्वार्थी समुहले उहाँको घरमा अगजानीका साथै डकैती पनि गरेको उहाँले यस अघीनै बताइसक्नु भएको छ । यो घरमा उहाँका छोरा बुहारी र मेयर थापा सहित उहाँकी श्रीमती बस्दै आउनु भएको थियो । तर अहिले घर जलेपछि छोरा बुहारी ससुरालीमा र मेयर थापा आफ्नो भाईकोमा शरण लिएर बसी रहनु भएको छ ।

दमक नगरबासीको अभिभावक यसरी घर बिहिन भएपछि उहाँको पार्टि राष्ट्रिय स्वतन्त्र पार्टिका बिभिन्न पदमा रहेका पदाधिकारी, कार्यकर्ता, तथा सुभचिन्तकको सहयोगमा उहाँको घर बनाइदिन भन्दै समिती घोषणा गरीएको छ ।
मंगलबार मेयर थापाको जलेको घरमा राप्रपाका झापा अध्यक्ष केशव ओझा सहितको उपस्थितीमा राम थापाको घर पूःन निर्माण समिती घोषणा गरिएको छ । जसको संयोजकमा दमक नगरपालिका वाडं ७ का वार्ड अध्यक्ष तथा राप्रपा क्षेत्र नं ५ का अध्यक्ष भीम पौडेल रहनु भएको छ । समितीको पदाधिकारीहरुमा राप्रपाका नेताहरु उद्योग वाणिज्य संघ दमकका बरिष्ठ उपाध्यक्ष राजु खड्का, प्रथम उपाध्यक्ष राजकुमार योङया, राप्रपा वार्ड नं १ का वार्ड अध्यक्ष अम्बर कुमाल लगायत रहनु भएको छ । अव यो समितीको नाममा खाता खोल्ने र सोहि खातामा रकम जम्मा गरेर मेयर थापाको घर बनाइदिने समितीका संयोजक पौडेलले घोषणा गर्नु भयो ।

 

यसरी पार्टिका नेता , कार्यकर्ता तथा सुभचिन्तकले घर बनाइ दिने भनेर कोषको घोषणा गरेपछि मेयर थापाले त्यसलाई स्विकार गर्नु भएको छ । निकै दुख र संघर्षबाट बनाइएको यो घर जेन जीको नाम दिएर अपराधीक मानसिकता राख्नेहरुले जलाइ दिएको बताउँदै उहाँले भन्नु भयो मेरो घर बनाउने नाममा जुटेको रकम मेरो घर बनाइ दिएर बच्यो भने बिप्पन्न तथा अन्य अशक्तहरुलाई सहयोग गरिदिनु। ’

राप्रपा कोशी प्रदेशका अध्यक्ष समेत रहनु भएका थापा पाँचथरबाट दमक आउनु भएको हो । पाँच दशक भन्दा बढि समय देखी दमकमा बस्दै आउनु भएका उहाँले आफ्नो जीवन सामाजीक योगदानमा मात्रै खर्चीनु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले