बागमती,१ असोज। बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले बुधबार पदबाट राजीनामा दिनु भएको छ ।
उहाँले उपसभामुख अपसरा चापागाइँलाई आफ्नो राजिनामा पत्र बुझाउनु भएको थियो । नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्था अनुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामा पत्रमा उल्लेख गरिएको छ ।









