जलेर खण्डहर बनेको नगरको कुन कुन भवनबाट सेवा सुरु हुदै छ ?

दमक, १ असोज। गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा दमक नगरपालिकामा तोडफोड र आगजनी गरिएको थियो । आन्दोलनमा भएको आक्रमण पछि नगरपालिकाको भवनमा पुरै प्रयोग गर्न नमिल्ने गरी क्षती भएको थियो । नगरपालिका भित्र रहेका प्रविधिक साधनहरु र कागजपत्रहरु पनि जलेर नष्ट भए । नगरपालिकाले जती सक्दो छिटो सेवा दिने भनेपनि सेवा दिनका लागी भने अझै पनि केही समय लाग्ने भएको छ । तर, नगरपालिकाको केही शाखाका कामहरु भने टेबल र कुर्सी मात्रै राखेर भएपनि सम्भब हुने खाल्को सेवाहरु भने दिने नगरपालिकाले प्रतिवद्धता जनाएको छ ।

 

दमक नगरपालिकालाई जती सक्दो सेवा दिनको लायक बनाउनको लागी यति बेला नगरपालिकाका सबै कर्मचारीहरु नगरपालिकाको परिसर सफा गर्न व्यस्त छन् । प्रयोग गर्न मिल्ने फर्निचरहरु र कागजपत्रहरु छानी त्यसलाई मिलाइरहेका छन् । नगरपालिकाको मुख्य भवनमा भने धेरै बेर सम्म आगलागी भएकाले त्यो भवन प्रयोग गर्न सुरक्षित छ कि छैन भनेर अहिले नै भन्न नसकिने र प्रयोग गर्न मिल्ने भएपनि त्यसलाई सफाइ गर्न समय लाग्ने बताइएको छ । त्यसैले केही समयसम्म नगरपालिकाका कुनै शाखाहरु वडा नं १ को कार्यालय भएको भवनमा सारिदैँ छ भने नगरकाका प्रमुख र उपप्रमुखको कार्यकक्ष नगरपालिकाको दक्षिण तर्फको भवनमा सारीदै छ । नगरपालिकालाई सेवा प्रवाह गर्न एकदमै हतार भएकाले आफूहरु त्यसको लागी दिनरात काममा जुटिरहेको बताउनुहुन्छ दमक नगरपालिकाको योजना शाखाका इन्जीनियर अनन्त सेनेहाङ । उहाँ भन्नुहुन्छ, एउटा टेबल कुर्सी मात्रै राखेर भएपनि हामी नागरिकलाई सेवा दिने तयारी गरीरहेका छौ ।

 

नगरपालिकाले केही समयको लागी अल्पकालीन स्थान बनाएर भए पनि चाँडो भन्दा चाँडोसेवा प्रवाह गर्ने प्रयासमा रहेको बताउनुहुन्छ दमक नगरपालिकाका प्रमुख राम कुमार थापा । उहाँका अनुसार सेवा दिनको लागी अस्थाई रुपमा वडा नं १ लाई मात्रै नभएर वडा नं ७ , ६ र अरु वडालाई पनि प्रयोग गर्न सक्ने जानकारी दिनुभयो ।

पुरै नगरपालिकका कर्मचारीहरु जतिसक्दो छिटो सेवा प्रवाह गर्नका लागी एकजुट भएर काममा जुटिरहेका छन् । नगरमा कती क्षती भयो भनेर शाखागत कर्मचारीहरु त्यसको अभिलेख पनि निकाल्न व्यस्त छन् ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वरुण र छुजुङ जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं,९ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्ग लगायतका नदी तथा खोलानाला माथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका

डोल्पामा एकैसाथ देखिए तीन हिउँ चितुवा

डोल्पा,९ भदौ । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको