विश्वकर्मा पुजा दमकमा चाहि कसरी मनाइयो त ?

आजको दिनमा सवारी साधन र औजारहरु गायतका सामाग्रीहरुको पुजा गरेर साधन र औजारहरुले वर्ष भरी दुख नदिने र नबिर्गने विश्वास

दमक,१ असोज । असोज १ गते विश्वकर्मा पुजा । सनातन धर्म मान्नेहरुको लागी यो दिनको विशेष महत्व हुन्छ । यो दिन आ–आफ्ना सवारी साधन तथा कलकारखानामा प्रयोग हुने उपकरण, औजार लगायतका सामाग्रीहरुको पूजा गरीने चलन छ । आजको दिनमा सवारी साधन र औजारहरु गायतका सामाग्रीहरुको पुजा गरेर साधन र औजारहरुले वर्ष भरी दुख नदिने र नबिर्गने विश्वास छ । दमकमा चाहि कसरी मनाइयो त ?

 

दमकमा पनि बुधबार विश्वकर्मा पुजाको रौनक छाएको थियो । नगरभरी रहेका कलकारखाना र पसलहरुमा विश्वकर्मा भग्वानको फोटो राखी पुजा गरिएको देखिन्छ । बाटो भरी हिनीरहेका सवारी साधनहरुमा पनि विभिन्न रङका रिबन र स्टीकर लगाई सजाईएको देख्न सकिन्छ । तर, पुजा गरिरहँदा उनीहरुलाई विश्वकर्मा पुजाको महत्वको बारेमा कत्तीको बुझेका छन् त? दमकको सब्जी बजारमा पवन इलेक्ट्रोनिक्स सञ्चालन गरिरहनु भएका पवन कुमार साह मिसेनरी सामानहरु प्रयोग गर्नेहरुको लागी विशेष महत्व रहेको बताउनुहुन्छ । वर्ष भरी प्रयोग हुने समानहरु नबिर्गियोस् र भगवानले सदैब आफ्नो काममा बाधा नपुर्याई आफ्नो आर्शिवाद राखिरहनु हुन्छ भन्ने उहाँको विश्वास छ ।

 

दमक ६मा रहेको न्यु पाथीभरा वर्कशपका सञ्चालक प्रकाश सरकारको पनि त्यस्तै भनाई छ । भगवान र धर्मप्रतिको आस्था र विस्वास हुनेहरुकालागी विस्कर्मा पुजा विषेश दिन र अवसर हो ।

कलकारखानाका सञ्चालकहरुको लागी विश्वकर्मा पुजाको विशेष महत्व रहेको हुन्छ । सबै काम फलाका मेसीन तथा उपकरणको सहायताबाट गरिन्छ । जसले गर्दा असोज १ गते ती सबैको पुजा गर्नुपर्ने भएकोले बिस्वकर्मा पुजाको खास महत्व रहेको दमकको फर्निचर लाईनमा फर्निचरको व्यवसाय गरिरहनुभएका रिता फर्नीचरका सञ्चालक कनैया शर्मा बताउनु हुन्छ ।

 

 

दमक २ मा रहेको बाबा विश्वकर्मा मन्दिरका पुजारी खेम चन्द« गौतमका अनुसार यो संसारलाई आकार दिनेनै नै भगवान विश्वकर्मा रहेको बताउनु हुन्छ । यो संसारमा भएका औजार र उपकारणहरुको आकार दिने पनि उहाँ नै रहेकोले गर्दा आजको दिनमा पुजा गरे भगवानको आर्शिवाद प्रप्त हुने उहाँको बिस्वास छ । आज औजार, मेसीनरी तथा उपकरणको पुजा गर्नाले कहिल्यै बाधा नआउने उहाँले बताउनु भयो ।

विश्वकर्मा पुजाको आफ्नै महत्व छ । वर्ष भरी काम गर्ने मजदुरको लागी पनि आजको दिन खास उत्सवको रुपमा लिइन्छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

वरुण र छुजुङ जलविद्युतविरुद्ध स्थानीय आन्दोलित

काठमाडौं,९ भदौ । संखुवासभाको भोटखोला गाउँपालिकाभित्र रहेका वरुण, छुजुङ्ग, बकाङ्ग लगायतका नदी तथा खोलानाला माथि जलविद्युत परियोजनाका नाममा भइरहेको हस्तक्षेप रोक्न स्थानीयवासीले सरकारसँग माग गरेका

डोल्पामा एकैसाथ देखिए तीन हिउँ चितुवा

डोल्पा,९ भदौ । हिमाली जिल्ला डोल्पामा एकैपटक तीन वटा हिउँ चितुवाहरु देखिएका छन् । डोल्पो बुद्ध गाउँपालिका–१ धो तारापको मिर्बु खोला क्षेत्रमा एक माउ र

दोषीलाई संविधानसम्मत कठोर सजाय दिन सांसद रम्तेलको माग

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीकी सांसद राधिका रम्तेलले तीन वर्षीया गरिमा चौधरीको हत्या प्रकरणमा दोषीलाई संविधानसम्मत सबैभन्दा कठोर सजाय दिन सरकारसँग माग गर्नु भएको

संक्रामक पशु रोग नियन्त्रण विधेयक माथि सैद्धान्तिक छलफल

काठमाडौँ,८ भदौ । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ ।बैठकमा कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले

कोशी कटान र बालेनको भ्रमणबारे सांसद हर्क राईको आपत्ति

काठमाडौं,८ भदौ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क राईले प्रधानमन्त्री वालेन शाहको निजी भ्रमणबारे संसद्मा जवाफ दिन माग गर्नु भएको छ। साथै उहाँले

विभत्स घटनाहरू बढ्दा पनि सरकार उदासीन भएको सांसद शर्माको आरोप

काठमाडौँ,८ भदौ । नेपाल कम्युनिष्ट पार्टीकी सांसद बलावती शर्माले पछिल्लो समय देशमा एकपछि अर्को अमानवीय, क्रुर र हृदयविदारक घटना भइरहेकामा सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भएको