सुनसरी खुनिया पुल नजिकै रोकी राखेको ट्रकमा बस ठोक्किँदा २ को मृत्यु १० जना घाइते

सुनसरी,२ असोज । पूर्व–पश्चिम राजमार्ग स्थित सुनसरीको कोसी गाउँपालिका–१ को खुनिया पुल नजिकै भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान भएको सो सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक डीएसपी योगराज खतिवडाले जानकारी दिनु भयो ।

 

मृत्यु हुनेमा एक जना महिला र अर्का एक पुरुष रहेका छन् । उनीहरुका पहिचान खुल्न नसकेको खतिवडाले जानकारी दिनु भयो । मृतक पुरुषको जिल्ला अस्पताल इनरुवा सुनसरीमा र महिलाको न्युरो कार्डियो अस्पताल भोक्राहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बाहक बसले बिग्रिएर सडक छेउमा रोकी राखेको ना ६ ख ३७३३ नम्बरको ट्रकलाई ठक्कर दिएको हो ।

 

दुर्घटनामा घाइते हुनेहरूमा सप्तरी रुपनी–९ का २५ वर्षीय प्रकाश सरदार, उनकी श्रीमती वर्ष ३० वर्षीया पुनम सरदार, सप्तरीको खड्क नगरपालिका–५ का ५० वर्षीया ज्ञानदेवी चौधरी, सिरहाको धनगढी माई नगरपालिका–३ बस्ने ५२ वर्षीया बानेश्वरी देवी चौधरी सोही ठाउँका ३५ वर्षीया केसीदेवी चौधरी रहेका छन् ।

 

यसै गरी सिरहा धनगढी माई नगरपालिका १ बस्ने वर्ष ५५ की शान्तिदेवी चौधरी, सप्तरी खड्क नगरपालिका बस्ने वर्ष ४० को दिनेशकुमार चौधरी उनकी श्रीमती वर्ष छैतीस की चन्द्रिका चौधरीको, लहान नगरपालिका १ बस्ने वर्ष ५० प्रभानन्द चौधरी र सप्तरी सुरुङगा नगरपालिका ९ बस्ने वर्ष ३६ को पुरुषोत्तम चौधरी पनि घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको डिएसपी खतिवडाले जानकारी दिनु भयो ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले