झापा, २ असोज । ।झापा गाउँपालिकामा एक ब्यक्ति बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
बिहिबार बिहान झापा–६ स्थित चन्द्रबस्तीमा सोही ठाउँका अन्दाजी ४२ वर्षीय रवि सोरेन बाटोमा लडिरहेको अवस्थामा मृत फेला परेका थिए ।
मादक पदार्थ सेवन गरेर बाटोमा सुतेका उनको सुतेकै ठाउँमा मृत्यु भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।









