संविधानप्रति चिन्ता

खबरदारी गर्दै सञ्चारकर्मी र नागरिक समाज

यो सरकार गठनका संवैधानिक आधारदेखि भविष्यमा हुन सक्ने संविधानमाथिका खतरालाई मध्यनजर गर्दै पत्रकार महासंघ लगायतका संस्था संविधान रक्षाका लागि जुर्मुराएका हुन् ।

विर्तामोड, ३ असोज । लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै १० वर्षअघि जारी भएको संविधान रक्षाका लागि खबरदारी गर्दै झापाका सञ्चारकर्मी र नागरिक अगुवाहरुले आज विर्तामोड संविधान दिवस मनाए ।

केपी ओली नेतृत्व सरकारले यो पटकको संविधान दिवसलाई तीन दिनसम्म तामझामसाथ मनाउने कार्यतालिका सार्वजनिक गरेको थियो । तर, जेनजीका नाममा भदौ २३ र २४ गते भएको प्रदर्शनका कारण ओली सरकार ढल्यो । सरकार ढलेसँगै संविधान दिवसका लागि तय गरिएका थुप्रै कार्यक्रम ओझेलमा परे ।

जेनजी प्रदर्शनका क्रममा दर्जनौं युवाले ज्यान गुमाउनुका साथै देशका महत्वपूर्ण प्रशासनिक र न्यायिक संरचनाहरु धुलिसात भएपछि सुशीला कार्की नेतृत्वमा चुनावी सरकार गठन भएको छ । यो सरकार गठनका संवैधानिक आधारदेखि भविष्यमा हुन सक्ने संविधानमाथिका खतरालाई मध्यनजर गर्दै पत्रकार महासंघ लगायतका संस्था संविधान रक्षाका लागि जुर्मुराएका हुन् ।

एक साता अघिमात्र रणमैदानजस्तो बनेको विर्तामोडको मुक्तिचोकमा भेला भएका सञ्चारकर्मीसहित नागरिक समाजका प्रतिनिधिहरुको र्‍याली ‘संविधान रक्षा गर’, ‘प्रेस स्वतन्त्रता जिन्दावाद ’ जस्ता नारा लगाउँदै विर्तामोड बजार परिक्रमा गरेकाे थियाे  । र्‍यालीमा जिल्ला मानवअधिकार सञ्जाल, उद्योग वाणिज्य संघ, बीरता जेसीस लगायत सञ्चारसम्बद्ध विभिन्न संघ–संस्थाहरुको सहभागिता थियो ।

र्‍यालीपछि मुक्तिचोकमा आयोजित कोणसभाका वक्ताहरुले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनमा नाममा भएको तोडफोड र आगजनीबाट भएको क्षतिप्रति निन्दा गरेका छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले