व्यापारीमा त्रास कायमै

जेनजी आन्दोलनको प्रभाव : बजारमा अझै देखिएन चहलपहल 

दमक, ३ असोज । नेपालीको मुख्य चार्ड बडा दशैको चहल–पहल सुरु हुने समय हो यो । किनकी अव नौराथाको पूर्वसन्ध्यामा दशैमा आवश्यक पर्ने खाद्यन्न तथा अन्य सामाग्रीको जोहो गर्ने समय भइसकेको छ । तर अहिले दमक सहित देशभरकै बजारमा मानीसको चहल पहल उल्लेख्य छैन । गत भदौ २३ – २४ गते भएको जेन जी आन्दोलनमा ७३ जनाको ज्यान गयो भने विभिन्न सार्वजनिक सम्पत्तीका साथै निजी सम्पत्तीहरुमा पनि आगजानी र लुटपाट भयो । त्यही आक्रमणमा परेर दमकमा रहेको ईलाका प्रहरी कार्यलय, दमक नगरपालिकाको कार्यालयमा पनि आगजनी गरियो । सुरक्षाको निकाय र अभिभावकको रुपमा रहेको दमक नगरपालिका निष्कृय छ । जसको अभाव दमकका व्यापारीहरुले गरीरहेका छन ।

 

सुरक्षा निकाय छैन । कहि केहि घटना भयो भने उजुरी गरौ भन्ने ठाउँ छैन । सरकारसग सहयोग मागौ आँगनको सरकार दमक नगरपालिका पूर्ण रुपमा सञ्चालनमा छैन । जेलमा रहेका अपराधी र प्रहरी चौकीका थुनुवाहरु अहिले गाउँ घरमा लुकिछिपी बसेका छन । अपराधीक मानसीकता भएकाहरु सलब्लाई रहेका छन । यसले गर्दा गाउँ घर अनी पसलमै पनि कतिबेला चोरी हुने हो वा अपराधीक मानसीकता राख्नेहरुको जत्था आएर प्रहार गर्ने पो हो कि भन्ने कायम रहेको छ ।

दमक बजरमा रेडिमेड कपडाको पसल गरिरहनु भएका अरुण शाह हरेक वर्ष यतिबेला सम्म कपडा पसलहरुमा नयाँ नयाँ कपडाहरु स्टक भईसक्थे । यति बेलासम्म दशैँको लुगा किन्न आउने उपभोक्ताहरुको भिड हुने गर्थ्यो तर, यो वर्ष भने आन्दोलनका कारण धेरै दिनसम्म पसल बन्द गर्नुपरेको कारण नोक्सानी बिहोरेको बताउनु हुन्छ ।
दुई दिनको घटना र त्यसपछि सिर्जित परिस्थिती हेर्दा लामै समय बन्द हुने जस्तो देखिएको थियो । तर केहि दिनमै खुलेकोमा केहि आशा पलाएको उहाँले बताउनु भयो ।

 

कुनै समयमा दशैँ आउने बेलामा कपडाका साथसाथै गरगहानाको पनि अत्याधीक बिक्री हुने गर्थ्यो । तर, यो वर्ष भने दमकमा रहेका सुनचाँदी पसलहरु सुनसान देखिन्छन् । पसलहरु पनि खाली खाली देखिन्छन् । अरुबेला फिजाएर सजाएर राखिने गरेका गरगहना अहिले भने देखिने गरि राखिएको छैन । को कस्तो नियत राखेर कतिबेला आउँछ पत्तोनै हुँदैन । एउटा टिम आयो र लुटपाट गरेर गयो भने उजुरी गर्ने ठाउँ समेत नभएकोले मनमा डर र त्रासका बिच दोकान खोल्नुपरेको दमक ६ स्थित श्री रत्न ज्वेलर्सका सञ्चालक उमेश गज्मेर बताउनु हुन्छ ।

 

यो आन्दोलनका कारण लुगा र सुनचाँदी व्यवसायलाई मात्र हैन होटल व्यवसायलाई पनि निकै असर पारेको देखिन्छ । बिहान देखी बेलुकासम्मै कहिल्यै खाली नहुने दमक ६ को टुबेल ओ क्लक बिर्यानी हाउस अहिले भने सुनसान देखिन्छ । लगातार ४–५ दिन पसल बन्द गर्नु परेकोले आफूहरुले किनेर राखेको खाद्यान्न सामानहरु सबै बिर्गेर नाश भएको र अहिलेसम्म पनि पहिलाको जस्तो ग्राहकहरु नआएको बताउनुहुन्छ यहाँ काम गर्नुहुने कर्मचारी अनिता राजवंशी ।

 

अहिले भर्खरै भएको आन्दोलनमा विभिन्न निजी सम्पत्ती र व्यवसायहरुमा पनि क्षती पुर्याईएको कारण अब व्यवसाय गर्न चाहानेहरुलाई व्यवसाय गर्ने की नगर्ने भनेर सोच्न बाध्य बनाएको छ । व्यवसाय गरिरहेका हरुलाई पनि व्यवसाय गरिरहँदा असुरक्षित महसुस भएको छ । उद्योग वाणिज्य संघले व्यवसायीहरुको सुरक्षाका लागी पहल गरिरहेको बताउँदै दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईँ भन्नु हुन्छ ‘सुरक्षाका सबै संयन्त्रसग परामर्ष भइरहेको छ । दमकमा प्रहरी फर्काउने पहल र प्रहरी कार्यालय पूःन निर्माणको गराउने काम समेत भइरहेकोले अव केहि दिनमै दमकमा प्रहरी आउने छन । ढुक्क भएर व्यापार गर्दै गरौ ।

 

दमक ८ स्थित अर्गानीक तरकारी बजारको भवनमा अस्थाई रुपमा प्रहरी कार्यालय रहने र त्यसकालागी आवश्यक व्यवस्थापन हुँदै गरेको जनाइएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

नेपाली फुटबलको इतिहासमै पहिलो पटक गम्भीर संकट

काठमाडौँ,११ असार । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई निलम्बन गरेको घट्नाले नेपाली खेलकुदको क्षेत्रमा गम्भीर हलचल ल्याइदिएको छ । फिफा

राष्ट्रपतिद्धारा वैकल्पिक विधेयक प्रमाणीकरण

काठमाडौं,१२ असार । राष्ट्रपति रामचन्द्र पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३ प्रमाणीकरण गर्नु भएको छ ।   बिहीबार राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार

परीक्षाको नतिजा पारदर्शी र समयमै छ : शिक्षामन्त्री

काठमाडौं,११ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशन प्रक्रिया पारदर्शी र निर्धारित समयमै सम्पन्न गरिएको बताउनु भएको छ। सामाजिक

दमक क्याम्पसमा बन्दै छ “स्मोकिङ जोन, आफ्नै “स्विमिङ पुल समेत

दमक | ११ असार | तपाईलाई सुन्दा अपत्यारिलो लाग्ला । विद्यार्थी अध्ययन गर्ने थलोमा “स्मोकिङ जोन” पनि बन्नेछ । यदि तपाईं नेपाल बाहिरका अन्तरास्ट्रिय क्याम्पसमा

रास्वपाको दस्तावेजमाथि सुदन किराँतीको टिप्पणी

काठमाडौं,११ असर । श्रम संस्कृति पार्टीका वरिष्ठ नेता तथा पूर्वमन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि गम्भीर बहस नगरी ताली

बाल विकासलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री कार्कीको जोड

विराटनगर,११ असार । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रारम्भिक बाल विकासमा गरिएको लगानीले समग्र समाजको भविष्य निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भएको छ । कोसी