युक्रेनबाट दुई जना नेपालीको उद्धार गरी आज नेपाल फर्काइँदै

विदेश यात्रा गर्दा सम्बन्धित देशको अध्यागमन लगायत अन्य कानूनको पूर्ण पालना गर्न मन्त्रालयको सबैलाई आग्रह

काठमाण्डौ ,३ असोज । युक्रेनबाट दुई जना नेपालीको उद्धार भएको छ । युक्रेनको सीमामा हिरासतमा रहेका रौतहटका जयप्रकाश साह र बागलुङका सन्देश केसीलाई उद्धार गरेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

 

जर्मनीको राजधानी बर्लिनमा रहेको नेपाली दूतावासको समन्वय एवम् सक्रियतामा उद्धार गरी शुक्रबार उनीहरूलाई नेपाल फर्काइँदैछ । उद्धार कार्यमा युक्रेनको सीमा सुरक्षा सेवा कार्यालय, गैरआवासीय नेपाली सङ्घ जर्मनी सहित विभिन्न निकाय÷व्यक्ति र सरोकारवालाहरूले सहयोग गरेका मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 

विदेश यात्रा गर्दा सम्बन्धित देशको अध्यागमन लगायत अन्य कानूनको पूर्ण पालना गर्न मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पोखराका सुकुमबासीलाई मेयरको आश्वासन

पोखरा,२१ वैशाख । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुमबासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर र जिम्मेवार ढङ्गले लागिरहेको भन्दै आन्दोलन छोडेर सहयोग गर्न आग्रह गर्नु

मोरङ ३ को भुमी समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थित स्थानान्तरण गरिने र अन्य भूमिहीनका हकमा आयोगको सिफारिसका आधारमा निर्णय हुने

चेतनकक्ष बजारमा

पुस्तकले आत्मिक चेतना र संवेदनशीलता जगाउन प्रेरित गर्ने विषय समेटेको छ।

प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने अधिकार भएको थापाको दाबी

काठमाडौँ,२० वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य समाचार लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले यो कार्य सबैको

सुकुम्वासी बस्तीका भग्नावशेषमा कवाडी संकलन गर्नेको लर्को

काठमाडौँ,२० वैशाख। सरकारले उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएसँगै भत्काइएका संरचनाका अवशेषहरू संकलन गर्नेहरूको भीड बढेको छ। गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु,

रास्वलले भन्यो : आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहानेले लिडरसिप एकेडेमी पास गर्नै पर्ने

काठमान्डौं,२० वैशाख । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लबको सदस्य भई लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने। यसअघि