जनजीवन प्रभावित

सोलुखुम्बुकाे सल्लेरीसहितका क्षेत्रमा तेस्राे पटक हिमपात

 

सोलुखुम्बु – सोलुखुम्बुको सदरमुकाम सल्लेरीसहितका क्षेत्रमा तेस्राे पटक हिमपात भएको छ । जिल्लाको सदरमुकाम सल्लेरीसहित माथिल्लो क्षेत्रमा गएराति हिमपात भएको हो ।

जिल्लाको सदरमुकाम आसपासका क्षेत्रहरू सल्लेरी, फाप्लु, पत्ताले, पिकेडाँडा, रातनागी डाँडा, खोरिया, रोसी, तामाखानी, लोदिङ, बेनी, जुनबेशी लगायतका ठाउँहरू सेताम्मे भएका स्थानीयले बताएका छन् ।

यस्तै उच्च हिमाली क्षेत्र खुम्बुको लुक्ला, नाम्चे, खुम्जुङ लगायतका क्षेत्रमा शनिवार साँझबाट नै हिमपात सुरु भएको नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्वारीका अछामीले जानकारी दिनुभयो ।

हिमपातपछि चिसो बढेको महसुस गरिएकको छ भने जनजीवनमा प्रभावित बनेको स्थानीयले बताएका छन् । सोलुखुम्बुमा यसअघि पहिलो पटक पुस १३ गते र दोश्रो पटक माघ २० गते हिमपात भएको थियो । पुस १३ गते सामान्य हिमपात भए पनि माघ २० गते भने भारी हिमपात भएको थियो ।
 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

चीनमा भूकम्प, नागरिकलाई सुरक्षित स्थानमा सारियो

चीनको दक्षिणी ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित लिउझोउ सहरमा सोमबार बिहान ५।२ म्याग्निच्युडको भूकम्प गएको छ । स्थानीय प्रशासनका अनुसार भुकम्पले गर्दा बिहान ४ बजेसम्म १३

सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण

काठमाडौं,४ जेठ । रास्वपाका सांसद केपी खनालले दक्षिणमा भारत र उत्तरमा चीनको नाग्लाकोट नाकासम्म जोड्ने सोती लोकमार्ग सडक निर्माणमा ढिलाइ भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्

पत्रकारको हरिबिजोग देखेर मन खिन्न हुन्छ : सांसद सुनार

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले रिपोर्टिङमा खटिएका संसदीय पत्रकारहरुले भोग्नुपरेको कठिनाइबारे सरकारको ध्यानाकर्षण गराउनु भयो । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै

वायु प्रदूषणका कारण झापामा क्यान्सर पीडित बढी रहेका छन् : इन्दिरा राना मगर

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले औद्योगिक क्षेत्र र वायु प्रदूषणका कारण नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु

’बाँदर मार्नुपर्छ’ भन्ने अभिव्यक्तिप्रति सांसद तामाङको आपत्ति

काठमाडौं,४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले संसदमा राखेको अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ। सोमबार प्रतिनिधिसभाको बैठकमा

नेपालबाट मान्छे बेच्ने एजेण्ड ध्वस्त हुनु आवश्यक छ : ओली

काठमाडौं,४ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन र अवैध एजेन्ट नेटवर्कविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गर्नु