दमक ४ भदौ | दमकमा रहेको सब्जी बजारकेही हप्ता अघिसम्म यस्तो देखिन्थ्यो ।

अहिले भने यस्तो देखिन्छ ।

दमक नगरपालिकाले सब्जी बजार सफा र व्यवस्थीत बनाउन विभिन्न नियमहरु लगाएको थियो । सब्जी बजारमा व्यवसाय गरिरहनेहरुले नगरपालिकाको डरले नियमको पालना पनि गरिरहेका थिए । तर, केही दिनअघि भएको जेन्जीको आन्दोलनमा दमक नगरपालिकामा आगजनी र तोडफोड गरिएपछि नगरपालिका निस्कृय बन्यो । नगर प्रहरी नगरपालिका भीत्रैको काममा व्यस्त रह्यो । तर यहाँ रहेको सब्जी बजारका व्यापारी भने नगरपालिका र नगर प्रहरी नआउने भएपछि बिना लाज सरम फेरी फुटपाथ अतिक्रमण गरेर व्यापार गर्न थालेका छन् ।
नागरीकको सास्ती, हैरानी, बजारको सुन्दरता र आकर्षण बढाउन दमक नगरपालिकाले नियम लगायो । तर निरन्तर अनुगमनमा आउन नपाउँदा व्यापारीहरुले अभद्र व्यवहार देखाउन थालीहालेका छन् ।
दमकमा रहेको सब्जी बजारमा बिहान ८ बजेसम्ममा मालवहाक सवारी साधनहरुले आफ्नो सामान झारेर गईसक्नु पर्थ्यो । चारपाङ्र्गे सवारी साधनहरु बजार परिसर भित्र पस्न रोक लगाईएको थियो । यहाँ रहेका सब्जी तथा फलफूल व्यवसायीहरुलाई आफ्नो पसल भन्दा बाहिर फुटपाथका आफ्नो सब्जी तथा फलफूल राख्न मनाहि गरिएको थियो भने बजार भित्र फोहोर व्यवस्थापन गर्न पनि अनुरोध गरिएको थियो । तर, अहिले भने यि सबै नियमहरु यहाँका व्यापारीहरुले बिर्से । वा सम्झेर पनि पालना नै गरेका छैनन । दिउँसोको समयमा पनि मालबहाक सवारी साधन बजार भित्र छिराई धेरै बेरसम्म रोकिँदा फोहोर उठाउने सवारी साधनलाई भने छिर्न निकै गाह्रो भएको देख्न सकिन्छ ।
यसरी दिउँसोको समयमा मालवाहक गाडी किन भित्र छिराउनुभएको भनेर हामी प्रश्न गर्दा आफूलाई थाहा नभएर हो , यो मेरो पहिलो चोटी भएकाले माफ पाउँ भन्ने छिटो छिटो भाग्न खोज्नुहुन्छ त्यही सवारी साधनका चालक मिक्लाजुङ ५ का खगेन्द्र श्रेष्ठ ।
त्यती मात्रै कहाँ होर, फेरी फुटपाथमा राखिएका डालाका सब्जीहरुले त फोहोरको गाडीहरुलाई नै छोईरहेको देख्न सकिन्थ्यो । यसरी फुटपाथमा किन सब्जीहरु राखिदिनुभएको भनेर हामीले व्यवसायीहरुसँग प्रश्न गर्दा कसै सँग जवाफ थिएन । कोही पनि बोल्न मानेनन् । अर्थात उनीहरुसग बोल्ने कुनै जवाफ नै छैन । बोलौ गल्ति गरिएको छ । मैले गल्ती गरे भन्ने आँट र हिम्मत कसैमा छैन ।
तर, यही बजारको बिचमा रहेको एउटा फलफूल पसलको भने कुनै पनि सामान आफ्नो स्थान भन्दा बाहिर फुटपाथमा निकालिएको थिएन । त्यही पसलका सञ्चालक भोला शाहका अनुसार अहिले सब्जी बजारमा रहेका फुटपाथहरुमा बिहान देखी बेलुकैसम्म जताततै सवारी साधनहरु र जथाभावी राखिएका सब्जीहरु हुने गरेको छ । यहाँ रहेका व्यवसायीहरुलाई न नगरपालिकाले भनेको मान्छन् न व्यवस्थापन समितीले भनेको । यस्ता व्यवसायीहरुलाई उहाँले थेत्तराको उपनाम समेत दिनुभयो । र कार्वाहिको माग पनि गर्नु भयो ।
नियम बनाउने काम सरकारको भएपनि त्यो नियमको पालना गर्नु हामी नागरिकको दायित्व हो । तर, केही समयको लागी सरकार निस्कृय बन्यो भन्दैमा मौकाको फाईदा उठाई नियमको उल्लगन गर्नेहरुमा नैतिकता पनि मर्नुपर्ने हो र ?









