दमक, ४ भदौ । नेकपा एमाले दमक नगर कमिटीले आफ्नो पार्टी कार्यालय सरसफाई गरेको छ । पार्टिले आज दमक ९ स्थित पार्टी
कार्यालयमा आफ्ना नेता तथा कार्यकर्ताको सहयोगमा सरसफाई गराएको हो ।
प्रदेशदेखि, जिल्ला र पालिका साथै वार्ड तहका कमिटीका पदाधिकारी, सदस्यहरुको उपस्थितीमा सरसफाई गरिएको थियो । साथै बिभिन्न जनवर्गीय संगठनका बिभिन्न तह र पदमा रहेका नेताहरुले पनि सरसफाई गरेका थिए ।
गत भदौ २४ गते जेन जी आन्दोलनका क्रममा यो पार्टि कार्यालयमा अगाजानी तथा तोडफोड भएको थियो । जसका कारण अहिले यो कार्यालयको तल र माथीको भागमा क्षति भएको छ भने धेरै अभिलेखहरु डढेर खरानी भएका छन् ।
सरसफाई कार्यक्रमपछि प्रतिकृया दिदै एमाले दमक नगर राम पौडेल भन्नु हुन्छ हामी हाम्रो कार्यालय सरसफाई गरेर सबै सदस्यको सहयोगमा कुर्सी समेत व्यवस्था गरी यही ठाउँमा बैठक बस्ने छौ । उहाँले भन्नु भयो बैठकपछि यसको पूःन निर्माण कसरी गर्ने भन्नेबारेमा निर्णय गरेर अघी बढ्ने छौ ।
प्रदेश कमिटिको सचिवालय सदस्य अम्बिका खनाल, पार्टिका जिल्ला कमिटीका सदस्य तथा अन्य बिभिन्न जनवर्गीय संगठनको उल्लेख्य उपस्थिती रहेको थियो ।










