रंगमञ्च

काठमाडौंमा २८ औं मञ्चनपछि ‘उर्फ दारासिंह’ कमलमा

इतिहासले लुकाएको/नभनेको प्रेरणाको श्रोत दारासिंह रहेको भन्ने पक्ष उजागर गरिएको छ ।

पथरी, ४ असोज / काठमाडौंको मण्डला थिएटरमा टिकटमा लगातार २८ वटा शो भएपछि ‘उर्फ दारासिंह’ नाटक नाट्य कथाको भूगोल क्षेत्र अर्थात पूर्वको कमल गाउँपालिकामा मञ्चन थालिएको छ ।

 

मुन क्रियसनको सहकार्यमा चुलाचुली रंगमञ्च इलामको प्रस्तुति नाटक असोज ३ गतेबाट ११ गतेसम्मका लागि दमकको रतुवा पुल पूर्वको रिभर भ्यू हेरिटेज रिसोर्टमा पूर्वकै एउटा सुनिदै आएको पात्रको विषयमा मञ्चन भइरहेको छ ।
यस नाटकको बास्तविक मुख्य पात्र कर्ण बहादुर केरुङ उर्फ दारासिङलाई राज्यले नकारात्मक पात्रका रुपमा प्रस्तुत गरेर २०३७ सालमा माइमेलामा मारिएको प्रसंग नाटकले अघिसारेको छ ।

 

सुमन लिंदेनको लेखन र चेतन आङ्थुपोको निर्देशनमा तयार नाटकमा तत्कालिन पञ्चायत सरकारले ल्याएको भूमि व्यवस्थापनको योजनामा झोडा जमिन सट्टाभर्ना जस्ता राजनैतिक कोपभाजनमा परेर २०३७ सालमा दारासिङ मारिएको विषय छ । भूमि संरक्षणका लागि दारासिङ गरेको संघर्ष र योगदानलाई नाटकमा कलात्मक शैलीमा तयार पारिएको छ ।

पञ्चायत सरकारको समयमा नेपालको पूर्वी जिल्लाहरूमा भूमि फँडानी गर्न आएका भूपू सैनिहरूको संरक्षकको क्रममा दारासिङले गरेको काम, भोगेका समस्यालाई नाटकमा प्रस्तुत गरिएको छ । दारासिहलाई समाजमा खुङ्खार र डरलाग्दो मानिएको पात्रका रुपमा मात्र चित्रित गरिएको थियो । इतिहासले लुकाएको/नभनेको प्रेरणाको श्रोत दारासिंह रहेको भन्ने पक्ष उजागर गरिएको छ ।

 

दैनिक दिउँसो १ः३० बजे र साँझपख ५ः३० बजे नाटक मञ्चन भइरहेको छ । सत्य इतिहास उजागर गर्दै आफ्‌नै परिवेशका घटनामा नाटक मञ्चन गर्ने योजनामा आफू पनि समाहित भएको यसको व्यवस्थापन पक्ष हेर्दै आएको मुन क्रियशनका अगुवा तथा नाटकका संयोजक पुराना रंगकर्मी विनयकुमार (विक्रम) फागो वनेमले जनाउनु भयो ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

सभामुखद्वारा संसद् बैठक आह्वान : महाविपद बारे ६ दलका नेताले धारणा राख्ने

काठमाडौं ,१६ भदौ । सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठक आव्हान गर्नु भएको छ। आज प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकपछि अनिश्चितकालका लागि स्थगित गरिएको प्रतिनिधिसभाको बैठक

दैवी प्रकोप उद्धार कोषमा कर्णाली सरकारकोे दुई करोड सहयोग

सुर्खेत ,१६ भदौ । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा

बालबालिकाको गोपनीयता जोगाउन बाढी प्रभावितको फोटो,भिडियो पोस्ट नगर्न आग्रह

काठमाडौं ,१६ भदौ। राष्ट्रिय बाल अधिकार परिषद्ले भोटेकोशी आएको विनाशकारी बाढीबाट पीडित तथा प्रभावित बालबालिकाको फोटो तथा भिडियो सामाजिक सञ्जाल र सञ्चार माध्यममा पोस्ट नगर्न

बाढी प्रभावित क्षेत्रमा हवाई र जमिनी उद्धार तीव्र : टनेलमा खोजी जारी

काठमाडौं , १६ भदौ । रसुवा, नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्वका बाढी प्रभावित क्षेत्रमा हवाई तथा जमिनी खोज तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ

त्रिभुवन विश्वविद्यालयको रेक्टरमा सिंह नियुक्त

काठमान्डै,१६ भदौ । त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा।डा अन्जना सिंह नियुक्त हुनुभएको छ । त्रिवि उपकुलपति प्रा।डा। भोला थापाको सिफारिसमा कुलपति तथा प्रधानमन्त्री बालेन शाहले मंगलबार

भोटेकोशी बाढी, ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार

काठमाडौं,१६ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद्