वार्षिक साधारण सभा

दमक ज्येष्ठ अभिभावक सेवा समाजको साधारणसभामा दजनौ सम्मानित

दमक, असोज ४ । दमक नगरपालिकामा दर्ता भएको पहिलो सामाजिक संस्था ’दमक जेष्ठ अभिभावक सेवा समाज’को दोस्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । दमक ६ स्थित पशुपति मन्दिरको सभाहलमा सम्पन्न भएको हो । सस्थाका अध्यक्ष अमृत कुमार बिष्टको अध्यक्षतमा सम्पन्न कार्यक्रमको उद्धघाटन प्रमुख अतिथी दमक नगरपालिकाका प्रमुख रामकुमार थापाले गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले समाजको हितका लागि स्थापित सेवामूलक संघसंस्थाहरूले निष्पक्ष ढंगले सेवा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले जेष्ठ नागरिकप्रति सम्मानजनक व्यवहार गर्दै यथार्थ बुझेर सेवा गर्न सुझाव दिनुभयो। साथै, समाजसेवामुखी संस्थासँग नगरपालिका सधैं सहकार्य गर्न तयार रहेको प्रतिबद्धता पनि जनाउनुभयो।

अध्यक्ष बिष्टले कार्यक्रममा संस्थाको वार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभयो। उहाँले जेष्ठ नागरिकको हकहितको संरक्षणसहित मौलिक संस्कृति र परम्परालाई जीवित राख्ने उद्देश्य अनुरूपका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। साथै, दमकमा सुविधा सम्पन्न निःशुल्क धर्मशाला निर्माण गर्ने संस्थाको दीर्घकालीन उद्देश्य रहेको पनि बताउनुभयो।

यसैगरि अध्यक्ष बिष्टले आर्थिक बर्षमा गरेको प्रगति बिबरण प्रश्तुत गर्नुभएको थियो । यसैगरि आगामी आर्थिक बर्ष २०८२÷८३ को कार्ययोजना समेत प्रश्तुत गरिएको थियो । सस्थाको कार्य संचालन नियमावलीको लागि प्रश्ताब समेत पारित भएको थियो । यसैगरि सस्थाका कोषध्यक्ष पुष्प राज आङबोले सस्थाको आर्थिक प्रतिबेदन प्रश्तुत गर्नुभएको थियो ।

साधारण सभाको अवसरमा संस्थाले जेष्ठ नागरिक देवीराज भट्टराई र पवित्रा भट्टराईलाई प्रमाणपत्र र खादाले सम्मान गरेको थियो। यस्तै, वडा नं. ४ लाई उत्कृष्ट वडा समिति घोषणा गर्दै सम्मान गरिएको थियो। संस्थाका विभिन्न समिति संयोजक, नगर प्रतिनिधि, वडा समिति सदस्यहरूलाई समेत मायाको चिनो प्रदान गरिएको थियो।

सस्थाले साधारणकै अवसरमा सस्थाले रक्तदान कार्यक्रमको आययोजना गरेको थियो । रेडक्रस सोसाईटी दमक उपशाखाको प्राबिधीक आयोजनामा सम्पन्न उक्त रक्तदान कार्यक्रममा ३० पिन्ट रगत संकलन भएको सस्थाका स्वस्थ्य समिती संयोजक पिताम्बर भण्डारीले जनाउनुभयो ।कार्यक्रममा सस्थाका सास्कृतिक समुहद्धारा नृत्य र भजन समेत प्रश्तुत गरेको थियो ।

कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाई, वडा नं. ७ का अध्यक्ष भीम पौडेल, जेष्ठ नागरिक प्रवक्ता निर्मला पौडेल, सल्लाहकार समिति संयोजक देउकुमार नेम्बाङ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । दमक नगरपालिकाको संघ सदस्य दर्ता नियमावली २०८० बमोजिम स्थापना भएको सस्थामा हाल १४६५ जना आजिबन सदस्य रहेको छन् ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले