सिदा दान र पिण्ड दान गरी सोह्र श्राद्ध आज समापन गरिँदै,आज लाग्ने सूर्यग्रहण बार्नु नलाग्ने

दमक,५ असोज । असोज कृष्ण प्रतिपदा देखि शुरु हुने पितृपक्ष असोज कृष्ण औंसीका दिन पितृका नाममा तर्पण, सिदा दान र पिण्ड दान गरी आज समापन गर्न लागिएको हो । अशोज शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमा बुवा )को श्राद्ध भने भोलि सोमवार गरिन्छ ।

 

पितृपक्षका १५ तिथि र अशोज शुक्ल प्रतिपदाको एक दिन गरी सोह्र तिथिका दिन सम्म दिवङ्गत पितृका नाममा तर्पण, सिदा दान र पिण्डदान गरिने भएकाले यसलाई सोह्र श्राद्ध समेत भनिन्छ । पितृपक्षको अन्तिम दिन आज औँसी तिथि श्राद्ध गरिन्छ । कुनै कारण वश यो पक्षका अरू तिथिमा गर्नुपर्ने श्राद्ध रोकिएको भए आज गर्नुपर्छ भन्ने शास्त्रीय मत छ ।

 

कुनै कारणवश अड्किएर आज पनि गर्न नसकेमा आपत् धर्मअनुसार अशोज शुक्ल प्रतिपदा देखि असोज शुक्ल पञ्चमी सम्म गर्न मिल्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो । यसैबीच नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । नेपाली आकाशमा नदेखिने भएकाले ग्रहण लाग्ने समय पनि तोकिएको छैन ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पोखराका सुकुमबासीलाई मेयरको आश्वासन

पोखरा,२१ वैशाख । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सुकुमबासी समस्या समाधानका लागि महानगरपालिका गम्भीर र जिम्मेवार ढङ्गले लागिरहेको भन्दै आन्दोलन छोडेर सहयोग गर्न आग्रह गर्नु

मोरङ ३ को भुमी समस्याबारे प्रधानमन्त्रीको ध्यानाकर्षण

असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थित स्थानान्तरण गरिने र अन्य भूमिहीनका हकमा आयोगको सिफारिसका आधारमा निर्णय हुने

चेतनकक्ष बजारमा

पुस्तकले आत्मिक चेतना र संवेदनशीलता जगाउन प्रेरित गर्ने विषय समेटेको छ।

प्रेस स्वतन्त्रता नागरिकको सुसूचित हुन पाउने अधिकार भएको थापाको दाबी

काठमाडौँ,२० वैशाख। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य समाचार लेखेकै आधारमा सञ्चारकर्मीले डराउनु नपर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको छ। उहाँले यो कार्य सबैको

सुकुम्वासी बस्तीका भग्नावशेषमा कवाडी संकलन गर्नेको लर्को

काठमाडौँ,२० वैशाख। सरकारले उपत्यकाका विभिन्न सुकुम्वासी बस्ती खाली गराएसँगै भत्काइएका संरचनाका अवशेषहरू संकलन गर्नेहरूको भीड बढेको छ। गत शनिबारदेखि थापाथली, गैरीगाउँ, शंखमूल, मनोहरा, बालाजु, बल्खु,

रास्वलले भन्यो : आगामी स्थानीय तहको चुनावमा उम्मेदवार बन्न चाहानेले लिडरसिप एकेडेमी पास गर्नै पर्ने

काठमान्डौं,२० वैशाख । आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लबको सदस्य भई लिडरशिप एकेडमीबाट उतिर्ण हुनैपर्ने। यसअघि