काठमाडौं,५असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्नु भएको छ । संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले बताएको छ।
राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेल ज्यूले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको देहाय बमोजिमको विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गर्नुभएको छ।’
नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नु भएको हो ।










