मोरङको कानेपोखरीमा रहेको सहकारीमा मनपरी

मोरङ,५ असोज । मोरङको कानेपोखरीमा रहेको रमाइलो जनएकता बचत तथा ऋण सहकारी संस्थाले ३ करोड ७४ लाख २४ हजार रुपैयाँ शङ्कास्पद लगानी गरेको जानकारी पाइएको छ ।

 

कोशी प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले गरेको अनुगमनका क्रममा यस्तो पाइएको हो । कार्यालयका अनुसार सहकारीको भाका नाघेको ऋण ३३ करोड बढी रहेको छ ।

 

यो रकम कूल ऋण लागनीको ४५ दशमलब १३ प्रतिशत हो । मापदण्ड अनुसार यस्तो ऋण बढीमा ५ प्रतिशत हुनुपर्छ ।

 

संस्थाको कुल ऋण लगानी ७३ करोड ९६ लाख १९ हजार ६५९ रुपैयाँ रहेको छ । जसमध्ये ४५ करोड ७६ लाख रुपैयाँ मात्रै असल ऋण रहेको छ । यस्तै ३ करोड ४८ लाख ३६ हजार कमसल ऋण, ३ करोड ७४ लाख २४ हजार शङ्कास्पद ऋण लगानी गरेको सहकारीमा खराब ऋण मात्रै २० करोड ९६ लाख ८२ हजार रुपैयाँ अर्थात २८ दशमलब ३५ प्रतिशत रहेको छ ।

 

अनुगमन टोलीले सहकारीलाई यथाशीघ्र भाका नाघेको ऋणको सावाँ व्याज उठाउन प्रभावकारी कार्ययोजना १५ दिनभित्र बनाई पेश गर्ने तथा सो अनुरुप तुरुन्त असुल उपर गर्न निर्देशन दिएको छ । सहकारीका अध्यक्ष सन्तोष फुयालले रजिष्टार कार्यालयले दिएको जस्तो शंकास्पद र कमसल ऋण आफ्नो सहकारीमा नभएको दावी गर्नु भएको छ ।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

शरणार्थी जीवनको पीडा सम्झिँदै धनबहादुर सिवाद्वारा असहायलाई भोजन सहयोग

दमक,११ कार्तीक । झापाको बेलडाँगी स्थित शरणार्थी शिविरमा १०–१२ वर्षसम्म कठिन जीवन बिताउनुभएका पूर्व भुटानी शरणार्थी धनबहादुर सिवाले अस्ट्रेलियामा रहेर पनि जन्मभूमिप्रतिको माया र सामाजिक

दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव’ तयारी पूरा , कहिले केके हुन्छ?

दमक,११ कार्तीक ।स्थानीय कला, साहित्य र संस्कृतिको संरक्षण तथा नयाँ पुस्तामा सिर्जनशीलता विकास गर्ने उद्देश्यले झापाको दमकमा ‘कला, साहित्य र सङ्गीत महोत्सव–२०८३’ आयोजना हुने भएको

झापामा विकास र सेवा प्रवाहबारे सांसद र कार्यालय प्रमुखबीच छलफल

झापा,११ कार्तीक । झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित

जलविद्युत विकासमा अन्तर्राष्ट्रिय सहकार्यका लागि इप्पान अध्यक्षको आग्रह

काठमाडौं,११ कार्तीक । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालमा जलाशय जलविद्युत आयोजना विकास गर्न लगानी तथा प्रविधि हस्तान्तरण र प्राविधिक

चर्चामा भोजपुरे खुकुरी : उत्पादनभन्दा माग बढी

भोजपुर ,११ कार्तीक। भोजपुरमा बाहिरबाट घुम्न आउनेले सोध्छन यहाँ त भोजपुरे खुकुरी राम्रो पाइन्छ रे नी कुन पसलमा पाइन्छ । हो पूर्वको पहाडी जिल्ला भोजपुर

बाढीपहिरोले गोरखा र सुर्खेतका सडक अवरुद्ध

काठमाडौं,११ कार्तीक । विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने

भोटेकोशी बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु

काठमाडौँ ,११ कार्तीक। भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन भएका नागरिकहरूको आधिकारिक रूपमा मृत्यु घोषणा गर्ने प्रक्रिया अघि बढेको छ । सरकारले