पार्टीभित्र नेतृत्व फेर्ने कुरा अहिलेका लागि असान्दर्भिक : दीपक कार्की

दमक, ५ असोज । नेकपा एमालेका केन्द्रिय सदस्य दीपक कार्कीले पार्टीभित्र नेतृत्व फेर्ने कुरा अहिलेका लागि असान्दर्भिक रहेको बताउनु भएको छ । रेडियो किङ एफ एम को दैनिक प्रस्तुती कार्यक्रम सत्य संवादमा बोल्दै उहाँले पार्टिको नेतृत्वमा केपी ओलीको विकल्प खोज्नु भनेको अर्को अप्ठयारो परिस्थितीको सामना गर्नु रहेको बताउनु भएको छ ।

 

जेन जी आन्दोलनले सबै दलका शिर्ष नेता तथा पदाधारीका विरुद्ध चर्का नारा लगाउँदै विरोध गरे पनि त्यो जेन जी को माग नभइ स्वार्थी तथा घुसपेठ समुहको रहेको दावि गर्नु भएको छ । कसैले गलत गरेको छ भने त्यसलाई बिधि संवत कार्वाहि गरिनुपर्ने उहाँको तर्क छ ।

 

यस्तै उहाँले जेन जीको आन्दोलन निस्वार्थ ढंगले नभएको र यसमा गलत समुह र पक्षको हावि भएकोले यसबारेमा बु्झ्न पनि अपील गर्नु भएको छ । उहाँ भन्नु हुन्छ जेन जीको काँधमा बन्दुक राखेर चलखेल गरेर भड्काइएर देशभरीको शक्तिलाई कमजोर बनाउने खेल भएको छ । उहाँले जेन जी आन्दोलनलाई लोकतन्त्र माथीको प्रहार भनेर पनि टिप्पणी गर्नु भएको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

‘संरचना फेरि बनाउन सकिन्छ, गुमेको जीवन फर्काउन सकिँदैन’ : कुलमान घिसिङ

काठमाडौं , भदौ १२ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अहिलेको पहिलो प्राथमिकता मानव जीवनको रक्षा,

काठमाडौं उपत्यकामा विद्युत आपूर्ति प्रभावित, समस्या कहाँ र किन भयो र ?

काठमाडौं , भदौ १२ । काठमाडौं उपत्यकामा शुक्रबार विद्युत आपूर्तिमा देखिएको समस्याबारे नेपाल विद्युत प्राधिकरणले वास्तविक कारण खुलाएको छ ।निर्माणाधीन हेटौंडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको

बाढीपीडितको पीडामा ओएनएफको साथ, २० लाख सहयोगसहित विश्वव्यापी राहत अभियान

काठमाडौं , भदौ १२ । बाढी तथा पहिरोले देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भइरहेका बेला प्रवासी नेपाली मञ्च ९ओएनएफ० अन्तर्राष्ट्रिय कमिटीले राहत र उद्धारका

बाढीले बिछोडिएका आफन्तको खोजी, अस्पताल धाउँदै पीडितको एउटै आशा ‘सास नभए लास भेटियोस्’

काठमाडौं , भदौ १२ ।  रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोपछि आफन्त सम्पर्कविहीन भएका परिवारजन यतिबेला काठमाडौंका विभिन्न अस्पताल धाइरहेका छन् ।बाढीपहिरोपछि नेपाल प्रहरी, नेपाली सेना तथा

८७ वर्षीया राणाद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ९ लाख सहयोग

काठमाडौं , भदौ १२ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राजी राणाले एक करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन् । यो रकम राहत

५४७ जनाको मृत्यु, २७ प्रहरी अझै सम्पर्कविहीन

काठमाडौं ,१२ भदौ। रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि हालसम्म ५४७ जनाको शव फेला परेको छ। नेपाल प्रहरीले २०८३ भदौ १२ गते दिउँसो ३ बजेसम्मको